लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले मनायाे २५औं रजत जयन्ती

लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले मनायाे २५औं रजत जयन्ती

केन्द्रबिन्दु
12
Shares

सूचना प्रविधि क्षेत्रको पहिलो कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले २५औं रजत जयन्ती मनाएको छ । 

२५ वर्ष अगाडि सूचना प्रविधिको क्षेत्र लक्षित छुट्टै कलेज स्थापना गरेर फाउन्डेशनले प्राविधिक शिक्षाको दिर्घकालीन सोच बनाएको थियो । आईटीमा स्नातकोत्तरसम्म अध्ययन हुने फाउन्डेशनबाट अहिलेसम्म १२ हजार भन्दा बढी विद्यार्थी दिक्षीत भईसकेका छन् । फाउन्डेशनले स्थापना कालदेखि नै सवैका लागि शिक्षा नीति अंगिकार गर्दै आएको छ ।

लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विगतमा १० हजार महिलालाई निशुल्क कम्प्युटर तालिम र अहिले सातै प्रदेशमा एक एक जना किशोरीलाई प्रत्येक वर्ष निशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ । भरपर्दो र गुणस्तरीय प्राविधिक शिक्षाको मागलाई मध्यनजर गरेर फाउन्डेशनले स्नातक र स्नातोकोत्तर तहमा प्राविधिक विषयलाई परिष्कृत समेत गर्दै लगेको छ । 

रजत जयन्तीका अवसरमा फाउन्डेसनमा २ दशक देखि संलग्न रहँदै आएका ९ जनालाई सम्माननीय उपराष्ट्रपति रामशहाय प्रसाद यादवले सम्मान गरे । उनले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै फाउन्डेसनको प्रशंसा गरे । 

उनले भने, ‘मुलुक डिजिटल युगमा प्रवेश गरीसकेको छ र हाम्रो भविश्य सूचना प्रविधिको विकाससंग जोडिएको छ । पछिल्लो २ दशकमा सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगती हासिल पनि भएका छन । नेपालको पहिलो आईटी कलेज भएकाले पनि सूचना प्रविधिको विकासमा निजी क्षेत्रको तर्फबाट लर्ड बुद्ध एजुकेशन फाण्डेशनले खेलेको भूमिका अतुलनीय छ ।’

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले शिक्षामार्फत महिला सशक्तिकरणमा पनि महत्वपूर्ण योगदान गरेको बताइन् । 

फाउण्डेशनका अध्यक्ष पंकज जालानले पढ्दै पढाउँदै भन्ने सरकारको नीतिलाई व्यवहारिक कार्यन्वयन गर्न सफल भएको बताए । नेपालमा दक्ष जनशक्ति उत्पादन गरेर युवाहरुलाई विदेशिनबाट रोक्ने आफ्नो उद्देश्य रहेको उनको भनाई छ । 

रजत जयन्तीका अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले शुभकामना दिएका थिए । 

फाउण्डेशनको रजत जयन्तीका अवसरमा मलेसियाको एसिया प्यासिफक विश्वविद्यालयका प्रमुख दतुक परमजीत सिंहले पनि सफलताको शुभकामना दिए । 

Skip This
Skip This
Logo