क्याथफोर्ड इन्टरनेसनल कलेजमा अब विद्यार्थीले बीबीए प्लस र बीबीएम प्लस पढ्न पाउने

क्याथफोर्ड इन्टरनेसनल कलेजमा अब विद्यार्थीले बीबीए प्लस र बीबीएम प्लस पढ्न पाउने

केन्द्रबिन्दु
0
Shares

क्याथफोर्ड इन्टरनेसनल कलेज अफ ईन्जिनियरिङ् एण्ड म्यानेजमेन्टमा अध्ययन गर्ने  विद्यार्थीले अबदेखि बीबीए प्लस र बीबीएम प्लस पढ्न पाउने भएका छन् । 

मंगलबार कलेजले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै बीबीए प्लस र बीबीएम प्लस थपिएको घोषणा गरेको हो । कलेजमा यसअघि बीबीए र बीबीएम पढाई हुँदै आएकोमा प्लस थपेपछि पठनपाठनमा नयाँ शैली अप‍नाइने हुँदा शिक्षण सिकाई थप प्रभावकारी हुने विश्वास कलेजले लिएको छ । 

कलेजले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउन र विद्यार्थीको व्यक्तित्व विकास विशेष सहयोग पुर्‍याउन प्लस थपेको हाे ।

कलेजले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउन र विद्यार्थीको व्यक्तित्व विकास विशेष सहयोग पुर्‍याउन प्लस थपेको हाे । प्रतिस्पर्धात्मक बजारमा आफ्ना विद्यार्थीहरुलाई योग्य बनाउन आगामी दिनमा पनि सेवा सुविधा विस्तार गर्दै लैजाने कलेजको उदेश्य रहेको छ । 

कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका डा. डिल्लीराम शर्माले कलेजले लिएको नीति समय सान्दर्भिक र आवश्यक भएको बताए । साथै उनले नेपाली विद्यार्थीहरु विदेश पढ्न जाँदा कम्तिमा पनि स्नातकसम्मको पढाइसँगै केही सिप पनि सिक्नुपर्ने औंल्याए । 

२० वर्षदेखि निरन्तर रुपमा सेवा दिँदै आएको यस कलेजले शिक्षण क्षेत्रमा नयाँ आयाम थप्न विशेष भूमिका निर्वाह गरेको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डा. डिल्लीराम शर्मा, डा. गोविन्द तामाङ्ग, डा.हरी अधिकारी, डा. सुमन कटुवाल,डा.महानन्द चालिसे,जगदीश खड्का,मनोज ज्ञनाली, सुमन कटुवाल,रोशन थापालगायत शैक्षिक क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । 

त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त गरी २० वर्षदेखि निरन्तर रुपमा सेवा दिँदै आएको यस कलेजले शिक्षण क्षेत्रमा नयाँ आयाम थप्न विशेष भूमिका निर्वाह गरेको छ । 

Skip This
Skip This
Logo