ब्रिजवाटर इन्टरनेसनल कलेजको अभिनन्दन कार्यक्रम सम्पन्न, काे-काे भए अभिनन्दित ?

ब्रिजवाटर इन्टरनेसनल कलेजको अभिनन्दन कार्यक्रम सम्पन्न, काे-काे भए अभिनन्दित ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौंकाे सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेसनल कलेजले विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरुलाई अभिनन्दन गरेकाे छ । साथै कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा कक्षा १२ मा पास भएका विद्यार्थीहरु बिदाई पनि गरेको छ ।  

मंगलबार राष्ट्रिय नाचघर जमलमा कलेजले आयोजना गरेकाे ‘ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८०’मा प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा उपस्थित रहेको थिए । 

कलेजले यही वर्षदेखि विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरुलाई अभिनन्दन कार्यक्रम आयोजना गरेको हो ।

कलेजले यही वर्षदेखि विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरुलाई अभिनन्दन कार्यक्रम आयोजना गरेको हो । कलेजले पहिलोपटक आयोजना गरेको अभिनन्दन कार्यक्रममा वरिष्ठ शिक्षाविद् विद्यानाथ कोइराला, वरिष्ठ पत्रकार टिकाराम यात्री, गरिमा विकास बैंकका सिइओ गोविन्द ढकाल अभिनन्दित भएका छन् । 

स्वागत तथा बिदाई र अभिनन्दन कार्यक्रममा सोही कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुती देखाएका थिए ।

स्थापनाकालदेखि नै विज्ञान ब्यवस्थापन, मानविकी र कानुन संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइराखेको यस कलेजले विभिन्न किसिमका अतिरिक्त कार्यक्रम गर्दै आएको छ।

 

Skip This
Skip This
Logo