सदनमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । बुधबार देशभरका विद्यालय बन्द गरी नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो।
माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका शिक्षकहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । काठमाडौँमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् ।





























प्रतिक्रिया