नेपालमै अन्तर्राष्ट्रिय डिग्री प्रदान गर्ने कलेज हो, आईएसएमटी अर्थात इन्टरनेशनल स्कुल अफ मेनेजमेन्ट एण्ड टेक्नोलोजी । सन् २०११ मा स्थापना भएको यो कलेज सहजै पहुँच रहेको काठमाडौंको तीनकुने गैरिगाँउमा अवस्थित छ ।
विश्वकै प्रतिष्ठित बेलायतको युनिभर्सिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेज, स्थापनको छोटो समयावधिमै गुणस्तरीय एवम् परिणामुखी शिक्षा प्रदान गर्ने कलेजका रुपमा स्थापित भएको शैक्षिक संस्था हो । यो कलेजमा व्यवस्थापन तथा सूचना प्रविधिका क्षेत्रमा स्नातक र स्नात्तोकत्तर तहमा विश्वबजारको माग अनुसारको अध्ययन अध्यापन हुँदै आएको छ ।
सूचना प्रविधि एवम् व्यवस्थापन शिक्षामा अन्तर्राष्ट्रियस्तरको अध्यापन हुने आईएसएमटी उच्च शिक्षा अध्ययनका लागि शेतुका रुपमा रहेको छ ।
स्नातकमा बीएसी अनर्स कम्प्युटर सिस्टम इन्जिनियरिंग (बीएसी आईटी),बीएसी अनर्स साइबर सेक्युरिटि एण्ड डिजिटल फरेन्सिक,बीएचएम र बीबीएको अध्यापन हुँदै आएको छ । प्लस टुपश्चात धेरै विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेश पलायन भइरहेको सन्दर्भमा आइएसएमटीमा सर्वसुलभ माध्यममा नेपालमै बसेर अन्तर्राष्ट्रिय डिग्री प्राप्त गर्ने अवसर रहेको छ ।

रिसर्च वेस एजुकेशन दिने आइएसएमटीले विद्यार्थीमा सिर्जनात्मक र आत्मनिर्भर बन्ने भावनाको विकास गर्न जोड दिएको प्रिन्सिपल ध्रुवबाबु जोशी बताउँछन् । उनी भन्छन्, ‘विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई हामीले युके, अष्ट्रेलियामा सहजै क्रेडिट ट्रान्सफरको व्यवस्था गरेर सहजिकरण गर्ने गरेका छौं । साथै आईटीलगायत म्यानेजमेन्टका विद्यार्थीलाई देश तथा विदेशमा इन्टर्नसिप तथा जब प्लेसमेन्टका लागि अवसर पनि मिलाइदिने छौैं ।’
रिसर्च वेस एजुकेशन दिने आइएसएमटीले विद्यार्थीमा सिर्जनात्मक र आत्मनिर्भर बन्ने भावनाको विकास गर्न जोड दिएको प्रिन्सिपल ध्रुवबाबु जोशी बताउँछन् ।
आईएसएमटी कलेजले पाठ्यक्रममा आधारित गतिविधि एवम् अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई सहभागी गराएर उनीहरुको सीप तथा क्षमता विकास गर्न जोड दिएको छ । व्यवस्थापन र आईटीका विद्यार्थीका लागि प्रयोगात्मक अभ्यासमा आईएसएमटीले जोड दिएको छ ।
रोजगारीका लागिसीप र ज्ञानले भरिपूर्ण बनाउने यो कलेज विद्यार्थीमैत्री पनि छ, त्यसकारण नै आईएसएमटीविद्यार्थीको पहिलो रोजाईमा पर्दै आएको छ । प्रोजेक्ट वर्क, प्रेजेन्टेसनसंगै विषय सम्बन्धित अभ्यासमा जोड दिने, कम खर्चमै ब्रिटिश डिग्री प्रदान गर्ने भएकाले नै विद्यार्थी आईएसएमटीको शिक्षण शैलीप्रति सन्तुष्ट छन् ।
.jpg)
आईएसएमटी कलेज पढाईसँगै पूर्वाधारले समेत सुविधासम्पन्न रहेको छ । एयर कन्डिसन, डिजिटल प्रोजेक्टर,सुविधासम्पन्न कक्षा कोठा,पर्याप्त खेलकुद मैदान,आईटी ल्याब, पाठ्यपुस्तकसहित लाईब्रेरी,स्वच्छ क्यान्टिन यो कलेजका सुविधा हुन् । विद्यार्थीमा निपुणता ल्याउन यो कलेजले कुनै कसर बाँकी राखेको छैन । विद्यार्थीका लागि नियमित क्लासबाहेक अतरिक्ति कक्षा, व्यक्तित्व विकासका लागि विभिन्न तालिमको व्यवस्थासमेत गरेको प्रिन्सिपल जोशी बताउँछन् ।
शिक्षाको माध्यमबाटै जीवन परिवर्तन गर्न अनवरत रुपमा लागि परेको आईएसएमटीले युग सुहाउँदो अध्यापन गराउन कुनै कसर बाँकी राखेको छैन ।
शिक्षाको माध्यमबाटै जीवन परिवर्तन गर्न अनवरत रुपमा लागि परेको आईएसएमटीले युग सुहाउँदो अध्यापन गराउन कुनै कसर बाँकी राखेको छैन । कलेजले विद्यार्थीमा म्यानेजेरियल स्किल विकास गर्न तथा नेतृत्वदायी क्षमता विकास गर्न समेत विभिन्न सेमिनार वर्कसपका कार्यक्रम राख्दै आएको छ ।
सूचना प्रविधि एवम् व्यवस्थापन शिक्षामा अन्तर्राष्ट्रियस्तरको अध्यापन हुने आईएसएमटी उच्च शिक्षा अध्ययनका लागि शेतुका रुपमा रहेको छ । त्यसैले, स्वदेशमै विदेशी डिग्रीसहित प्रविधि र व्यवस्थापनका विषयमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीका लागि र्निविकल्प रुपमा आईएसएमटीलाई छनौट गर्दा कुनै पछुतो हुने छैन ।































प्रतिक्रिया