विद्यार्थीलाई पढाइसँगै रोजगारीकाे अवसर प्रदान गर्ने भिएस निकेतन कलेज

विद्यार्थीलाई पढाइसँगै रोजगारीकाे अवसर प्रदान गर्ने भिएस निकेतन कलेज

केन्द्रबिन्दु
0
Shares

शैक्षिक क्षेत्रमा एउटा इतिहास बनाउने शिक्षण संस्थाको नाम हो, भिएस निकेतन । २०३८ सालमा स्थापना भएको भिएस निकेतन काठमाडौंको मिनभवनमा अवस्थित छ । भिएस निकेतन फाउन्डेशनको छाताभित्र विद्यालय तहदेखि स्नात्तोकत्तरसम्म अध्यापन हुँदै आएको छ । 

शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भिएस निकेतन प्लस टु उत्तिर्ण गरेर स्नातकमा व्यवस्थापनतर्फ बीबीए भर्ना हुने विद्यार्थीका लागि उचित शैक्षिक गन्तव्य हुनेमा दुई मत छैन । उत्कृष्ट शिक्षामा समर्पित भीएस निकेतन पोखरा विश्वविद्यालयअन्तर्गत रहेर विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । 

स्नातक अध्ययन गर्ने विद्यार्थीलाई पढाइसँगसँगै रोजगारीका अवसर प्रदान होस् भन्ने हेतुले भिएस निकेतन विद्यार्थीमैत्री बनेको भाइस प्रिन्सिपल पण्डितको दाबी छ ।

विद्यार्थीलाई प्रोत्साहन गर्न भिएस निकेतन कलेजले विभिन्न विधामा छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । सर्वसुलभ दरमा अध्यापन हुने भिएस निकेतनले सैद्धान्तिकसंगै प्रयोगात्मक अभ्यासलाई समेत जोड दिएको कलेजका भाइस प्रिन्सिपल रन्जितकुमार पण्डित बताउँछन् । 

उनी भन्छन्, ‘हामीले बीबीएको ४ वर्षे कोर्षमा मात्र केन्द्रित नगरेर व्यवहारिक शिक्षा दिनका लागि विद्यार्थीलाई आन्ट्रप्रेनरसिप, सेमिनार, इन्डष्ट्रियल भिजिटमा समेत समावेश गरेर दक्षता अभिवृद्धि गरेका छौं । विद्यार्थीको सर्वांङ्गिण विकासका लागि पाठ्यक्रमसंग सम्बन्धित गतिविधि बाहेक अतिरिक्ति क्रियाकलपामा समेत जोड दिएका छौं । विश्वविद्यालयको क्रेडिट आवर बाहेक विद्यार्थीको प्रतिभा प्रष्फुटित गर्न कुनै कसुर बाँकी राखेको छैनौं। ’ 

स्नातक अध्ययन गर्ने विद्यार्थीलाई पढाइसँगसँगै रोजगारीका अवसर प्रदान होस् भन्ने हेतुले भिएस निकेतन विद्यार्थीमैत्री बनेको भाइस प्रिन्सिपल पण्डितको दाबी छ । 

अनुभवी अध्यापक भएको यो कलेजमा विद्यार्थीलाई स्वदेश तथा विदेशी बजारमा प्रतिष्पर्धी बन्न सक्नेगरी यो कलेजले अध्यापन गराउँदै आएको छ । बीबीए अध्ययनका क्रममा सैद्धान्तिक ज्ञान मात्र नदिएर विद्यार्थीमा आन्ट्रप्रेनरसिपको भावना समेत विकास गर्न गेष्ट लेक्चर भिजिट, इन्डष्ट्रियल भिजिट,व्यक्तिगत प्रस्तुतीकरण तथा म्यानेजेरियल स्कील विकास गर्न सहजीकरण गर्दै आएको छ । हरेक चुनौतिको सामना गर्न सक्नेगरी विद्यार्थीको सीप, ज्ञान क्षमताको अभिवृद्धि गर्न भिएसले जोड दिएको छ ।  

शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भिएस निकेतन प्लस टु उत्तिर्ण गरेर स्नातकमा व्यवस्थापनतर्फ बीबीए भर्ना हुने विद्यार्थीका लागि उचित शैक्षिक गन्तव्य हुनेमा दुई मत छैन ।

उच्चस्तरका भौतिक पूर्वाधार, श्रोतयुक्त लाइबेरी, अडियो भिज्वल माध्यमबाट पढाइ, स्वच्छ क्यान्टिन, इन्डोर र आउटडोर गेमका लागि पर्याप्त खेलकुद मैदान यो कलेजको सुविधा हुन् । 

भिएस निकेतनले विद्यार्थीको अध्ययनलाई घोकाइमा मात्र सिमित नगरेर सीपयुक्त दक्ष जनशक्ति बनाउन समेत जोड दिएको छ । परिणाममुखी नतिजाका साथ शैक्षिक क्षेत्रमा अगाडि बढेको यो शिक्षण संस्था अधिकांश विद्यार्थी र अभिभावकको रोजाईमा पर्न सफल भएको छ । त्यसैले त प्रभावकारी शिक्षाका लागि रोज्नै पर्ने शैक्षिक संस्थाको एक मात्र नाम हो, भिएस निकेतन ।

समाचारकाे भिडियाेका लागि यस लिंकमा क्लिक गर्नुहाेस्

Skip This
Skip This
Logo