दुई दशकभन्दा बढि शैक्षिक क्षेत्रमा अनुभव बोकेको काठमाडौं डनबस्को कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । सन् २००० मा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं डनबस्कोमा व्यवस्थापन संकायमा स्नातक र स्नात्तोकत्तर तहमा बीबीए, एमबीए, इएमबीएका कोर्षहरु अध्ययन अध्यापन हुँदै आएको छ ।
काठमाडौंको लाजिम्पाटमा अवस्थित यो कलेजमा व्यवस्थापन संकायमा सैद्धान्तिक ज्ञान मात्र नभएर प्रयोगात्मक अभ्याससमेत जोड दिएको छ ।
कलेजले व्यवस्थापन क्षेत्रमा व्यवहारिक ज्ञान मात्र नभएर कम खर्चमै अन्तर्राष्ट्रिय डिग्री प्राप्त गर्ने अवसर समेत प्रदान गरेको छ । ४ वर्षे बीबीए प्रोग्राम अध्ययनरत विद्यार्थीले दुई वर्षको कोर्ष पुरा गरेर यो कलेजका समझदारी भएका अमेरिका, युके, स्वीजरल्याण्ड, थाइल्याण्ड, दक्षिण कोरिया र भारतका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गर्ने अवसरसमेत प्राप्त गर्न सक्नेछन् ।
विद्यार्थीमा अध्ययन गर्ने सकारात्मक वातावरणमा सिर्जना गर्न काठमााडौं डनबस्कोले कुनै कसर बाँकी नराखेको प्रिन्सिपल रस्मि मैनाली बताउँछिन् ।
अष्ट्रियाको आईएमसी क्रेम्स्, दक्षिण कोरियाको सोलव्रिज इन्टरनेशनल स्कुले अफ बिजनेस, थाइल्याण्डको पाइन्यापिवाट इन्स्टिच्युट अफ म्यानेजमेन्ट, भारतको मोदी युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी र थाइल्याण्डको धुराकिज पुण्डित युनिभर्सिटी कलेजसँग समझदारी भएकाले विद्यार्थीले यी कलेजमा क्रेडिट ट्रान्सफर, एक्सचेञ्ज प्रोगाममा अध्ययन गर्ने र इन्टर्नसिप गर्न पाउने व्यवस्था कलेजले मिलाएको छ ।
स्थापनाको दशक बढि बितेपनि काठमाडौं डनबस्कोले शिक्षण पद्दतिलाई परिस्कृत गर्दै बजारमा प्रतिस्पर्धी बनाउने हिसाबले बीबीए प्रोग्रामलाई सन् २०१७ देखि नवीनतम् शैलिमा व्यवस्थापन संकायको बीबीए प्रोग्राम प्रस्तुत गरेको छ ।
विद्यार्थीमा अध्ययन गर्ने सकारात्मक वातावरणमा सिर्जना गर्न काठमााडौं डनबस्कोले कुनै कसर बाँकी नराखेको प्रिन्सिपल रस्मि मैनाली बताउँछिन् । उनका अनुसार कलेजले स्नातकमा अध्यापन हुँदै आएको बीबीएमा सैद्धान्तिक ज्ञान मात्र नदिएर युग सुहाउँदो अध्ययन अध्यापन समेत गराउँदै आएको छ ।
विद्यार्थीमा आन्ट्रप्रेनरसिपको भावना विकास गर्दै पेशामा व्यसायिक अवधारणा ल्याउन कलेजले जोड दिएको छ ।
उनी भन्छिन्, ‘काठमाडौं डन बस्कोले घोकन्ते विद्या मात्र नभएर सीप र क्षमता विकास गर्ने हेतुले इनोभेसन सेन्टर, इन्क्युबेशन सेन्टरको स्थापना गरेर विद्यार्थीका विभिन्न योजनाबारे छलफल गर्ने वातावरण बनाइदिएको छ । बीबीए संकाय म्यानेजमेन्ट र आईटीको मिश्रण भएको शैक्षिक कार्यक्रम भएकाले बजारमा प्रतिस्पर्धी बनाउने हिसाबमा यो कलेजले अध्ययन अध्यापन गराउँदै आएको छ । भविष्यमा सही गन्तव्यको पहिचान गर्न मार्केट सेप अपका लागि पाठ्यक्रमसंग सम्बन्धित तालिमहरु इभेन्टस, क्लब, स्किल सेसन कार्यक्रमसहित विद्यार्थीलाई जब प्लेसमेन्टको समेत अवसर कलेजले सिर्जना गरिदिएको छ ।’
वित्तीय तथा कर्पोरेट क्षेत्रसँगको सहकार्यमा विद्यार्थीलाई पेड इन्टर्नसिपका लागि पठाउने गरेकोसमेत कलेजले जनाएको छ ।
विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिँदै कलेजले पाठ्यक्रमसंग सम्बन्धित र अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको प्रिन्सिपल मैनालीले बताइन् । ‘हप्तामा ५ दिन विद्यार्थीलाई कलेजको पाठ्यक्रम तथा अन्य दिनमा विद्यार्थीको व्यक्तित्व विकासमा जोड दिँदै खेलकुद, थिएटर, म्युजिकलगायतका क्रियाकलापमा जोड दिएको छ । विद्यार्थीमा आन्ट्रप्रेनरसिपको भावना विकास गर्दै पेशामा व्यसायिक अवधारणा ल्याउन समेत कलेजले जोड दिएको छ ।’ उनी भन्छिन् ।
कुनै समस्या आए कलेजले विद्यार्थीलाई सहजिकरण गर्दै हरेक चुनौतिको सामना गर्ने क्षमता विकास गर्न जोड दिएको छ । विद्यार्थीमैत्री कलेज भएकाले नै काठमाडौं डनबस्को विद्यार्थीको रोजाइमा पर्दै आएको प्रिन्सिपल मैनालीको दाबी छ ।
कुनै समस्या आए कलेजले विद्यार्थीलाई सहजिकरण गर्दै हरेक चुनौतिको सामना गर्ने क्षमता विकास गर्न जोड दिएको छ ।
भौतिक पूर्वाधारले सुसज्जित, स्मार्ट क्लास रुम, पर्याप्त खेलकुद मैदान, श्रोतसामग्री सहितको लाइबेरी, जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति, क्यान्टिन लगायत यो कलेजका सुविधाहुन् । विद्यार्थीको सीप तथा क्षमताको सदुपयोग गर्दै उद्यमशीलताको भावनाविकास गरी सफल र सक्ष्म नागरिक बनाउन कलेजको सिकाई पद्दति केन्द्रित छ । उच्च शैक्षिक स्तरका कारण यहाँका विद्यार्थीको नतिजा पनि राम्रो छ । पछिल्लो समय विश्वभर प्रख्यात व्यवस्थापन शिक्षामा विद्यार्थीलाई व्यवसायीक बनाउन प्रतिबद्ध रहेको कलेजले जनाएको छ ।































प्रतिक्रिया