रोजगारयुक्त व्यवहारिक ज्ञान दिने उत्कृष्ट शैक्षिक गन्तव्यः किस्ट कलेज

रोजगारयुक्त व्यवहारिक ज्ञान दिने उत्कृष्ट शैक्षिक गन्तव्यः किस्ट कलेज

केन्द्रबिन्दु
3
Shares

शैक्षिक क्षेत्रमा एउटा इतिहास बोकेको कलेज हो, किस्ट कलेज । लामो रेसको घोडा जस्तै शिक्षण क्षेत्रमा दीर्घकालिन बाटो तय गरेको किस्ट कलेज काठमाडौंको कमलपोखरीमा अवस्थित छ ।

२०५२ सालमा स्थापना भएको यो कलेज विज्ञान,व्यवस्थापन र सूचना प्रविधिको अध्यापन गराएर व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ । यो अवधिमा कलेजले १५ हजार बढि विद्यार्थीलाई दिक्षित गराएर व्यवसायिक रुपमा विभिन्न क्षेत्रमा आबद्ध हुन योग्य समेत बनाएको छ । प्लस टुदेखि स्‍नाकाेत्तरसम्म अध्यापन हुने यो कलेज शहरी क्षेत्रको मध्य भागमा रहेपनि सुन्दर, शान्त वातावरणसहित खुला स्थानसमेत रहेको छ । 

पहिलो पटक नेपालमा सूचना प्रविधिको विषय अध्यापन गराएर युग सुहाँउदो शिक्षा दिने किस्ट नै पहिलो कलेज हो । 

स्नातकमा व्यवस्थापन, विज्ञान र सूचना प्रविधि अध्ययन गर्न चाहने विद्यार्थीका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन रहेको किस्टमा बीबीए, बीआइएम, बिआइटी, बिबिएस, बिएससी माइक्रोबाइलोजीको अध्यापन हुँदै आएको छ । यस्तै,स्नातकोत्तरतर्फ एमबिए र एमएससी माइक्रोबाइलोजीसमेतको अध्यापन हुँदै आएको छ । 

पहिलो पटक नेपालमा सूचना प्रविधिको विषय अध्यापन गराएर युग सुहाँउदो शिक्षा दिने किस्ट नै पहिलो कलेज हो ।

किस्ट कलेजले विद्यार्थीलाई प्रोत्साहन गर्न विश्वविद्यालयले उपलब्ध गराउने सबै किसिमका छात्रवृत्तिको व्यवस्था समेत गरेको छ । त्यति मात्र नभएर मेरिटबेसिसका आधारमा समेत यो कलेजले विद्यार्थीलाई छात्रवृित्त प्रदान गर्दै आएको छ । 

विद्यार्थीको सर्वांगिण विकासका लागि जब मार्केटलाई आवश्यक पर्ने सीप तथा व्यवसायिक ज्ञान दिन कलेज केन्द्रित रहेको प्रिन्सिपल समिर शर्मा बताउँछन् । विद्यार्थीलाई घोकन्ते विद्यामात्र नदिएर बजारमा प्रतिस्पिर्धी बनाउनेगरी अध्यापन गराउन जोड दिएको उनको भनाई छ । 

‘विशेष गरि किस्ट कलेजले शिक्षासँगै रोजगारी अवसर सिर्जना गर्ने भएकाले नै नेपालका सरकारी क्षेत्र तथा विदेशमा भएका सर्वोत्कृष्ट संस्था गुगल देखि अन्य प्रतिष्ठित आईटि कम्पनिहरुमा विद्यार्थी आबद्ध छन् ।  किस्टले पाठ्यक्रमसँगै को करिकुलर अन्तर्गत एक्सट्रा एज भनेर  विश्वबजारमा रोजगारयुक्त जनशक्ति तयार गर्न जोड दिएको छ ।’ उनी भन्छन् । 

व्यवसायिक तथा सिपमूलक शिक्षण पद्धतिमा आधारित रही नियमित अध्ययन–अध्यापन गराउँदै आएको यो कलेजले विद्यार्थी केन्द्रित शिक्षण सिकाइमा जोड दिएको छ । ७० भन्दा बढी जिल्लाका विद्यार्थी अध्ययनरत किस्टमा समय सान्दर्भिक एवम् गुणस्तरीय शिक्षा दिँदै आएको छ । अनुशासित वातावरण,अभिभावकत्व भूमिका,प्रोत्साहनका लागि अवार्ड जस्ता विद्यार्थी केन्द्रित कार्यक्रम यो कलेजमा रहेका छन् । परिणाममुखी नतिजा पस्किँदै शैक्षिक संस्थाहरुको भिडमा छुट्टै छाप छोड्न सफल यस कलेज अनुभवी अध्यापक तथा भिन्न शैलीको सिकाई विधिले विद्यार्थीको रोजाईमा पर्दै आएको छ ।

विद्यार्थीको सर्वांगिण विकासका लागि जब मार्केटलाई आवश्यक पर्ने सीप तथा व्यवसायिक ज्ञान दिन कलेज केन्द्रित रहेको प्रिन्सिपल समिर शर्मा बताउँछन् ।

विद्यार्थीको चौतर्फी विकासका लागि किस्ट कलेजमा पाठ्यक्रमसँग सम्बन्धित शैक्षिक गतिविधि तथा अतिरिक्त क्रियाकलाप समेत जोड दिँदै आएको प्रिन्सिपल शर्मा  बताउँछन् । आईटीको क्षेत्रमा नविनतम आयामका साथै व्यवस्थापन र विज्ञानका क्षेत्रमा विद्यार्थीलाई व्यवसायिक बनाई, उनीहरुमा कम्युनिकेशन स्किल, लिडरसिप एवम् आन्ट्रप्रेनरसिपको समेत भावना विकास गर्न जोड दिएको छ । विद्यार्थीका लागि करिअर  काउन्सिलिंग, गेष्ट लेक्चरर क्लास, बिजनेश रिसर्च, फिल्ड भिजिट, सेमिनार, वर्कसप एवम् खेलकुदमा इन्डोर र आउट डोर गेम समावेश गरिएको छ । 

किस्ट कलेजले पढाउने मात्र नभएर जीवनोपयोगी शिक्षा समेत प्रदान गर्दै आएको छ । अध्ययन अध्यापनको स्तरीयताको प्रतिबद्धतासहित कलेजले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा विशेष जोड दिएको छ । शिक्षाको सुनौलो भविष्यको  मार्गनिर्देश गर्ने किष्टमा स्नातक अध्ययनका लागि विज्ञान,व्यवस्थापन र सूचना प्रविधिका क्षेत्रमा उत्कृष्ट शैक्षिक गन्तव्यमा बन्नेमा दुई मत छैन ।

समाचारकाे भिडियाेका लागि यस लिंकमा क्लिक गर्नुहाेस्

Logo