काठमाडाैँ तिनकुने गैह्रीगाउँस्थित आईएसएमटी कलेजले आईटी कोर्ष बिएससी ‘अनर्स’ साइबर सुरक्षा र डिजिटल फोरेन्सिक सञ्चालनमा ल्याएको छ।
बेलायतको सुन्दरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त आईएसएमटी कलेज साे कार्ष सञ्चालनमा ल्याएको हाे।
२०११ सालमा स्थापित भएर नेपालमै विश्वस्तरिय बेलायतको शिक्षा पढाउँदै आइरहेको यस कलेजले आईटी कोर्ष बिएससी ‘अनर्स’ साइबर सुरक्षा र डिजिटल फोरेन्सिक कार्यक्रम यसै वर्षदेखि सञ्चालनमा ल्याएको जनाएकाे छ।
विश्व नै प्रविधि मैत्री भइहेको अवस्था र नेपालमा आईटीको भविष्यको प्रवल सम्भावनाहरु बढ्दै गइरहेको सन्दर्भमा यस कलेजलेले विश्वलगायत नेपालको सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय, प्राईभेट, बैँक तथा वित्तिय संस्थालगायत विभिन्न सेक्टरमा अत्याधिक सम्भावना रहेको यस बिएससी ‘अनर्स’ साइबर सुरक्षा र डिजिटल फोरेन्सिक कोर्ष अध्यापन गराउन सुरु गरेको हो।
यस किसिमको विषय अध्ययन गर्दा विद्यार्थीहरुले इथिकल ह्याकिङ्ग, साइबर हमला जस्ता थुप्रै, डिजीटल फरेन्सीक्स अनुसन्धान,कुनै पनि व्यक्तिगत तथा सांगठनिक डेटा सुरक्षा, आर्टिफिशियल इन्टेलिजेन्स, ब्लक चेन तथा साईबर सेक्यूरिटी विशेषज्ञको रुपमा सक्षम भएर निस्किने र छिटो तथा सजिलै रोजगारी पाउने कलेजले जनाएकाे छ।
यसका साथै यस आईएसएमटी कलेजले बेलायतको सुन्दरल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमतिमा बिबीए, बिएचएम, बिएससी ‘अनर्स’कम्प्युटर सिस्टम ईन्जिनियरि कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ।
आईएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख सहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि शिक्षा मन्त्रालयको अनुमतिमा सोही सुन्दरल्याण्ड विश्वविद्यालयकाे सम्बन्धनमा कलेजहरु सञ्चालनमा रहेका छन्।





























प्रतिक्रिया