व्यवस्थापन र संकायमा विशेष दख्खल राख्ने फिनिक्स कलेज अफ म्यानेजमेन्ट काठमाडौंको मैतिदेविमा अवस्थित छ । एसिया तथा विश्वकै प्रतिष्ठित विश्वविद्यालय मलेसियाको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यो कलेजले विश्वबजारमा प्रतिस्पर्धी हुनेगरी अध्यापन गराउँदै आएको छ । अनुभवी प्राध्यापक र अनुशासित विद्यार्थीको लगनशिलताले यो शैक्षिक संस्था प्रगतिको पथमा लम्किंदै आएको छ । परिणाममूखी नतिजा दिँदै आएको फिनिक्समा स्नातकतर्फ बीबीए, बीआईटी र बीएचएम र स्नातकोत्तरतर्फ एमसीएस र एमबीएको पठनपाठन हुँदै आएको छ । रिसर्चमा आधारित अध्यापन गराउँदै आएको यो कलेजले युग सुहाउँदो शिक्षा प्रदान गर्नमा जोड दिएको छ ।
परिणाममूखी नतिजा दिँदै आएको फिनिक्समा स्नातकतर्फ बीबीए, बीआईटी र बीएचएम र स्नातकोत्तरतर्फ एमसीएस र एमबीएको पठनपाठन हुँदै आएको छ ।
प्रतिष्ठित लिंकन विश्वविद्यालयको सम्बन्धन प्राप्त रहेको फिनिक्समा बजारको ट्रेन्डअनुसार पढाइ हुँदै आएको कलेजका प्रिन्सिपल प्रा.डा. फत्तबहादुर केसी बताउँछन् । व्यवस्थापन र आईटीका काेर्स अध्यापनमा घोकन्ते शिक्षा भन्दा पनि व्यवसायिक रुपमा दक्ष बनाउने गरि अध्यापनमा यो कलेज केन्द्रित रहेको छ । पाठ्यक्रम बाहेक स्किल डेभलपमेन्टका लागि आईटीसंग सम्बन्धित अतिरिक्त काेर्सहरु मेसिन लर्निङ, जाभा, एडभान्स प्राेगामिङलगायत विभिन्न प्रेाजेक्ट वर्कमा विद्यार्थीलाई सहभागी गराइन्छ । यस्तै, बीबीएतर्फ म्यानेजेरियल स्किल, लिडरिङ, आन्ट्रप्रेनरसिप स्किल, प्रेसर ह्यान्डलिङलगायत स्किल ह्यान्डलिङमा कलेजले ध्यान दिँदै आएको छ । सैद्धान्तिकसंगै प्रयोगात्मक अभ्यासमा जोड दिँदै बीएचएमका विद्यार्थीका लागि समेत मार्केट सुहाउँदो व्यवहारिक प्रयोगात्मक अभ्यासमा फिनिक्स ले जोड दिँदै आएको छ ।
प्रतिष्ठित लिंकन विश्वविद्यालयको सम्बन्धन प्राप्त रहेको फिनिक्समा बजारको ट्रेन्डअनुसार पढाइ हुँदै आएको कलेजका प्रिन्सिपल प्रा.डा. फत्तबहादुर केसी बताउँछन् ।
.png)
प्राध्यापकहरुको अथक मिहेनतले आईटी र व्यवस्थापन शिक्षामा छलाङ मार्दै अन्तर्राष्ट्रिय बजारमा विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन अग्रणी भूमिका निर्वाह गर्दै आएको प्रिन्सिपल प्रा.डा. केसी बताउँछन् ।
विद्यार्थीलाई प्रोत्साहन गर्न करिकुलममा वेस भएर विभिन्न सेमिनार, प्रेाजेक्ट वर्क, इण्ड्रष्ट्रियल भिजिटलगायतमा फिनिक्सले सहजीकरण गर्दै आएको छ । विद्यार्थीका हरेक समस्याको समाधान गर्न विद्यार्थीका लागि अध्यापकहरु एक शेतुका रुपमा रहेका छन् । उचित करिअर काउन्सिलिङसंगै सही गन्तव्य पहिल्याउन यो कलेजका अध्यापकले मार्गनिर्देश गर्ने भएकाले नै विद्यार्थीको रोजाईमा फिनिक्स कलेज पर्दै आएको छ ।
.png)
यो कलेजले पठन–पाठनमा मात्र विद्यार्थीलाई केन्द्रित नगरेर उनीहरुको चौतर्फी विकासमा ध्यान दिँदै विविध शैक्षिक गतिविधि एवम् अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको छ । फिल्ड भिजिट, ग्रुप डिस्कसन, गेष्ट लेक्चर क्लास, खेलकुद कार्यक्रम, काठमाडाैं युथ कन्क्लेभ २०२३ लगायत शैक्षिक गतिविधिमा विद्यार्थीलाई फिनिक्सले सामेल गर्दै आएको छ । व्यवहारिक अध्यापनका लागि चाहिने सुविधा सम्पन्न भौतिक पूर्वाधार, स्मार्ट कम्प्युटर ल्याव, हाेटल म्यानेजमेन्टका लागि आवश्यक पूर्वाधार निर्माणमा समेत कलेजले जोड दिएको छ । यति मात्र नभएर विद्यार्थीलाई प्रोत्साहन गर्न आवश्यकताका आधारमा छात्रवृत्तिको समेत व्यवस्था गरेको छ ।
एक उदाहरणीय शिक्षण संस्थाका रुपमा रहेको फिनिक्सबाट पासआउट भएका विद्यार्थीले नेपालका विभिन्न कर्पाेरेट इण्ड्रष्ट्रि र स्वदेश तथा विदेशमा रहेका मल्टिनेसनल कम्पनीमा उत्कृष्ट काम गरिरहेका छन् । त्यति मात्र नभएर नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्कालगायत अन्य चिरपरिचित व्यक्तित्वको उपस्थितीले कलेजको गरिमा बढाएको छ । स्वच्छ क्यान्टिन, श्रोतयुक्त पुस्तकालय, पर्याप्त खेलमैदान, सुविधासम्पन्न ल्याब यो कलेजका विशेषताहरु हुन् । देश तथा विदेशका अध्यापकहरुको अनुभव एवम् विश्वमा नै चर्चित लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रहेकाले पनि नेपालको शिक्षण क्षेत्रमा फिनिक्सले गरिमा बढाएको छ । व्यवहारिक तथा व्यवसायिक सिप तथा ज्ञान प्रदान गर्दै आएको फिनिक्स कलेज विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्ने उपयुक्त शैक्षिक गन्तव्य बनेको छ ।





























प्रतिक्रिया