परिणाममुखी तथा युग सुहाउँदो शिक्षा दिने युनिभर्सल कलेज

परिणाममुखी तथा युग सुहाउँदो शिक्षा दिने युनिभर्सल कलेज

केन्द्रबिन्दु
0
Shares

सीप, ज्ञानसहित दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले दुई दशक भन्दा बढि समयबाट शिक्षण क्षेत्रमा योगदान गर्दै आएको युनिभर्सल कलेज काठमाडौंको मैतिदेविमा अवस्थित छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रहेको यो कलेजमा स्नातक देखि स्नात्तकोत्तरतह सम्म अध्ययन अध्यापन हुँदै आएको छ । स्नातकमा बीबीए, बीसीए, बीबीएम, बीबीएस, बीएसडब्ल्यू तथा स्नात्तकोत्तरमा एमबीएस र एमए इंग्लिसमा पढाइ हुँदै आएको छ । 

वि.सं. २०५४ सालमा स्थापना भएको यो कलेजले बजार सुहाउँदो दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । रजत यात्रासमेत पार गर्ने क्रममा रहेको यो कलेजले सैद्धान्तिकसंगै प्रयोगात्मक अभ्यासलाई जोड दिएको छ । विद्यार्थीको चौतर्फी विकासका लागि युनिभर्सलले कुनै कसर बाँकी राखेको छैन । युनिर्भसल कलेजका सुमी साही र अञ्जली अधिकारीले यसैं वर्ष बीबीए सातऔं सेमेस्टरमा टीयू टप गरेका छन् । यो नतिजाले के देखाउछ भने युनिर्भसल कलेज शिक्षा प्रदानका निम्ती उत्कृष्ट शैक्षिक संस्थाका रुपमा प्रमाणित भएको छ । 

किताबी ज्ञान मात्र नभएर विद्यार्थीलाई व्यवसायिक रुपमा दक्ष बनाउने ध्येयका साथ अगाडि बढेको युनिभर्सलले विश्व बजारलाई सुहाउँदो पठनपाठन गराउँदै आएको प्रिन्सिपल डा. शिवदत्त ज्ञवाली बताउँछन् । 

किताबी ज्ञान मात्र नभएर विद्यार्थीलाई व्यवसायिक रुपमा दक्ष बनाउने ध्येयका साथ अगाडि बढेको युनिभर्सलले विश्व बजारलाई सुहाउँदो पठनपाठन गराउँदै आएको प्रिन्सिपल डा. शिवदत्त ज्ञवाली बताउँछन् । उनका अनुसार विद्यार्थीलाई थप सीप तथा ज्ञानले सशक्त बनाउन पाठ्यक्रमसंग सम्बन्धित विविध शैक्षिक गतिविधि तथा अतिरिक्ति क्रियाकलापमा समेत कलेजले जोड दिएको छ ।  

अनुभवी अध्यापक र अनुशासित विद्यार्थीको मेहेनतका कारण नै युनिभर्सलका शैक्षिक कार्यक्रममा विद्यार्थीले परिणाममुखी नतिजा दिँदै आएका छन् । विद्यार्थीको व्यक्तित्व विकासका लागि युथ सेन्ट्रिक इभेन्ट्स, स्किल इन्हास प्राेगाम, करिअर केन्द्रित कार्यक्रम, नेतृत्वदायी क्षमताको विकास लगायतका कार्यक्रम कलेजले अघि सारेको छ । व्यवस्थापन र (आईटी) विषयमा नविनतम् ढंगले अध्यापन गराएर कलेजले विद्यार्थीमा सिर्जनशिल भावनाको विकास गर्न जोड दिएको छ । 

व्यवस्थापन र (आईटी) विषयमा नविनतम् ढंगले अध्यापन गराएर कलेजले विद्यार्थीमा सिर्जनशिल भावनाको विकास गर्न जोड दिएको छ । 

भौतिक पूर्वाधारले सुविधा सम्पन्न यो कलेजमा विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम समेटिएको छ । युनिभर्सलले हरेक चुनौतिको सामना सहजै गर्न सिकाई विद्यार्थी केन्द्रित शिक्षण विधिमा जोड दिएको छ । यो कलेजले जेहेनदार विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रावृत्तिका कार्यक्रम समेत समावेश गरेको छ । त्यसैले विद्यार्थीमैत्री कलेज भएकाले नै युनिभर्सल कलेज विद्यार्थीहरुकाे रोजाइमा पर्दै आएको प्रिन्सिपल डा. ज्ञवाली दाबी गर्छन् ।

बजारमा प्रतिस्पर्धा गर्न आफ्ना विद्यार्थीलाई दक्ष बनाउने उद्देश्यका साथ युनिभर्सल कलेज अनवरत रुपमा  लागि परेको छ । विद्यार्थीलाई करिअर काउन्सिलिङदेखि आन्ट्रप्रेनरसिपको भावना विकास गर्न कलेजले जोड दिँदै व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ । यो कलेजमा श्रोतसामग्री सहितका पुस्तकालय, ई-लाइबेरी, माेडर्न कम्प्युटर ल्याव, अनुभवी फ्याकल्टी मेम्बर विशेषताका रुपमा रहेका छन् । व्यवस्थापन र सूचना प्रविधिका विषयमा विद्यार्थीलाई समयसापेक्ष अध्यापन गराएर युनिभर्सल कलेजले शैक्षिक क्षेत्रमा पृथक पहिचान बनाएको छ ।

युनिभर्सल कलेजकाे भिडियाे

Logo