गुणस्तरीय र व्यवसायिक शिक्षा दिने उद्देश्यले टेक्सास इन्टरनेशनल एजुकेशन नेटवर्कअन्तर्गत रहेको टेक्सास इन्टरनेशनल कलेजले सन् २०१० देखि अध्यापन गराउँदै आएको छ । काठमाडौंको मित्रपार्कमा अवस्थित यो कलेजमा मोन्टेश्वरीदेखि स्नातकोत्तर तहसम्म पठनपाठन हुँदै आएको छ ।
टेक्सास कलेजले स्नातक तहमा त्रिभुवन विश्वविद्यालयसंग सम्बन्धन प्राप्त रहेर बीएसी सीएसआइटी, बीसीए, बीबीएम, बीबीएस, बीएसडब्लु, एमबीएसका कार्यक्रम अध्यापन गराउँदै आएको छ । यस्तै, भगिनी संस्थाका रुपमा रहेको टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीमा भने विश्वकै प्रतिष्ठित लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रहेर बीबीए, बीआईटी, बीएचएम, बीसीएस, एमबीए एमबीए इन हस्पिट्यालिटी म्यानेजमेन्ट र एमबीएस अध्यापन हुँदै आएको छ ।
विद्यार्थीलाई शैक्षिक पाठ्यक्रम र बजारको अवस्थाअनुसार ब्यालेन्स गर्दै अध्यापन गराउन टेक्सासले कुनै कसर बाँकी राखेको छैन ।
.png)
पहिलो सेमेष्टरदेखि नै इन्टर्नसिपको व्यवस्था गरेर विद्यार्थीलाई रोजगारमा केन्द्रित बनाउन टेक्सास कलेजले जोड दिएको प्रिन्सिपल भेषराज पोखरेल बताउँछन् । उनका अनुसार व्यवस्थापन र आईटीका क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्न यो कलेजले विद्यार्थीका लागि टेक्सास करिअर डे, टेक्सास इन्क्युबेशन र टेक्सास इम्याजिनोलोजी जस्ता सिर्जनशील क्षेत्र समावेश गरेको छ ।
'विद्यार्थीलाई शैक्षिक पाठ्यक्रम र बजारको अवस्थाअनुसार ब्यालेन्स गर्दै अध्यापन गराउन टेक्सासले कुनै कसर बाँकी राखेको छैन ।' उनी भन्छन् ।
युग सुहाउँदो अध्ययन अध्यापन गराएर शिक्षण क्षेत्रमा टेक्सास कलेजले पृथक पहिचान बनाएको छ । विद्यार्थीलाई प्रमाणपत्रमा मात्र सिमित नगरेर टेक्सासले व्यवहारिक शिक्षासमेत प्रदान गर्दै आएको छ । समयसापेक्ष अध्ययन गराएर विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त कोर्षमा समेत यो कलेजले जोड दिएको छ ।
विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको पठनपाठन गराएर टेक्सास कलेजले विद्यार्थीको सिकाईको दायरालाई फराकिलो बनाइदिएको छ । त्यति मात्र नभएर विद्यार्थीको करिअरलाई केन्द्रित गर्दै टेक्सास कलेजले व्यवस्थापन र आईटीका क्षेत्रमा नेतृत्व दिन सक्ने जनशक्ति उत्पादनका लागि अघि बढिरहेको छ । विद्यार्थीलाई प्रोत्साहन गर्न यो कलेजले जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिको कार्यक्रमसमेत अघि सारेको छ ।
टेक्सास कलेजले विद्यार्थीलाई पाठ्यक्रम सम्बन्धित शैक्षिक गतिविधिमा मात्र केन्द्रित नगरेर अतिरिक्त क्रियाकलापमा समेत सहभागीताका अवसर सिर्जना गरेको छ । शैक्षिक भ्रमण, सेमिनार, वर्कसप, खेलकुद प्रतियोगितालगायत अन्य सिपमूलक क्रियाकलापमा विद्यार्थीलाई सहभागी भएर अब्बल ठहरिने अवसर टेक्सासले जुराएको छ ।
उच्चस्तरको व्यवस्थापन र गुणस्तरीय शिक्षालाई कलेजले विशेष प्राथमिकतामा राखेकाले पनि उच्च शिक्षा अध्ययनका लागि टेक्सास कलेज उपयुक्त गन्तव्य हुनेमा दुई मत छैन ।
.png)
विद्यार्थीका लागि श्रोतसामग्री सहितका लाइब्रेरी, सुविधायुक्त कम्प्युटर ल्याब, प्रविधिमैत्री कक्षाकोठा टेक्सास कलेजका विशेषताका रुपमा रहेका छन् । विद्यार्थीलाई घोकन्ते विद्यामा मात्र सिमित नगरी सिपमुलक पाठ्यक्रममा यो कलेजले विद्यार्थीलाई केन्द्रित गरेको छ । वर्तमान परिवेशमा चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर अनुसन्धात्मक विधि अवलम्बन गर्दै यो कलेजले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि जोड दिएको छ ।
विश्वबजारमा प्रतिष्पर्धी बनाउन टेक्सास कलेजले विद्यार्थीलाई शैक्षिक परामर्शदेखि करिअर काउन्सिलिङका सुझावसमेत दिने गरेको छ । हरेक चुनौतिको सामना गर्न सिकाई विद्यार्थीलाई सिर्जनशील बनाउन टेक्सास कलेज अनवरत रुपमा लागि परेको छ । अनुभवी शिक्षक, गुणस्तरीय भौतिक पूर्वाधार, नयाँ संस्करणका ल्याब, इन्क्युबेसन सेन्टर, अतिरिक्त क्रियाकलाप टेक्सास कलेजका सुविधाका रुपमा रहेका छन् । यो कलेजले विद्यार्थीको सिप विकास तथा ज्ञानको प्रवर्द्दनका लागि विभिन्न प्रतिष्ठित संघसंस्थासंग समन्वयसमेत गरेको छ । यसले गर्दा विद्यार्थीको करिअरमा समेत मद्दत पुगेको छ ।
टेक्सास कलेजमा अध्ययनरत विद्यार्थीहरूले पढाइसँगै विभिन्न सीपमूलक तथा जीवनोपयोगी शिक्षा हासिल गर्दै आएका छन् । विद्यार्थीमैत्री कलेज भएकाले नै यो कलेज विद्यार्थीको रोजाईमा पर्दै आएको छ ।
व्यवसायिक अध्ययन अध्यापन हुने भएकाले टेक्सास कलेजले शिक्षण क्षेत्रमा नयाँ उचाइ थप गरिदिएको छ । उच्चस्तरको व्यवस्थापन र गुणस्तरीय शिक्षालाई कलेजले विशेष प्राथमिकतामा राखेकाले पनि उच्च शिक्षा अध्ययनका लागि टेक्सास कलेज उपयुक्त गन्तव्य हुनेमा दुई मत छैन । परिणामुखी नतिजाले अब्बल ठहरिएको टेक्सास कलेजले समयानुकुल र प्रयोगात्मक विधिमा आधारित शिक्षा दिँदै आएको छ ।





























प्रतिक्रिया