काठमाडौंको गैरीगाउँमा रहेको आइएसएमटी कलेजले भूकम्प पीडितलाई नगद सहयोग उपलब्ध गराउने भएको छ ।
कलेजका अध्यक्ष योगेश उप्रेतीले मंगलबार एक विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावितहरूको उद्धार एवम् राहतका लागि ५ लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
कलेजको सामाजिक उत्तरदायित्व कोषमाफर्त उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको कलेजको जनाएको छ ।































प्रतिक्रिया