इस्लिङटन कलेजमा नेपालकै पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन

इस्लिङटन कलेजमा नेपालकै पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन

केन्द्रबिन्दु
0
Shares

उच्च शिक्षाको अग्रणी संस्था इस्लिङटन कलेजले नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन गरेको छ । 

लण्डन मेट्रोपोलिटन विश्वविद्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिहरूसँगको सहकार्यमा आयोजित गरिएको थियो, जसले नेपालमा साइबर सुरक्षा शिक्षा र अनुसन्धानलाई अगाडि बढाउन इस्लिबटन कलेजको समर्पणलाई बलियो बनाउँछ । कलेजले उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पनि स्वागत गरेको थियो ।

अनुसन्धान केन्द्रको मुख्य लक्ष्य साइबर सुरक्षा खतराहरूमा अनुसन्धानलाई प्रोत्साहित गर्नु हाे । शैक्षिक कर्मचारी, विद्यार्थी र पूर्व विद्यार्थीहरूले यहाँ गरेको अनुसन्धानको आधारमा साइबर सुरक्षा डोमेनभित्र उदीयमान प्रविधिहरू अन्वेषण गर्ने र प्रशिक्षणमा ध्यान केन्द्रित गरेर साइबर घटनाहरूको डिजिटल फोरेन्सिक अभ्यास गर्ने हो । यी लक्ष्यहरू प्राप्त गर्न केन्द्र डिजिटल फोरेन्सिक प्रयोगशाला, सुरक्षा अपरेशन केन्द्र, र अनुसन्धान केन्द्रसँग आवश्यक पूर्वाधार सुसज्जित रहेको कलेजले जनाएको छ । 

साइबर सुरक्षा अनुसन्धान केन्द्र इस्लिङटन कलेजको एउटा पहल हो जसले साइबर सुरक्षाको क्षेत्रमा बढ्दो चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राख्दछ । शिक्षा, अनुसन्धान र व्यावहारिक प्रयोगमा केन्द्रित भएर यस केन्द्रले नेपालमा साइबर सुरक्षाको भविष्यलाई दिशा दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । 

नेपालको पहिलो शैक्षिक साइबरसुरक्षा अनुसन्धान केन्द्रको स्थापना इस्लिङटन कलेजका लागि मात्र नभई नेपालका लागि पनि महत्वपूर्ण माइलस्टोन हो। अनुसन्धान केन्द्रले नेपालको महत्वपूर्ण पूर्वाधारलाई साइबर आक्रमणबाट जोगाउन आवश्यक पर्ने दक्ष साइबर सुरक्षा अधिकारीहरु नेपालमै छन् भनी सुनिश्चित गर्न पनि मद्दत गर्दछ ।

उद्घाटन समारोहलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रो–भाइस चान्सलर, नोना म्याकडफले पनि सम्बोधन गरेका थिए । उनले साइबर सुरक्षा शिक्षाको क्षेत्रमा इस्लिङटन कलेजको अन्तर्राष्ट्रिय सहकार्य र मान्यताको विषयमा चर्चा गरे । 

साइबर सुरक्षा क्षेत्रमा सक्रिय रूपमा काम गर्ने इस्लिङटन कलेजमा डिजिटल फोरेन्सिक्सका वरिष्ठ शिक्षक र भैरवमा मानव जोखिम मूल्याङ्कन नेतृत्व गरिरहेका मोनिल अधिकारीको यस केन्द्रको स्थापनामा प्रमुख योगदान रहेको छ । डाटाको गोपनीयता र साइबर सुरक्षा जागरूकतामा विज्ञता रहेको अधिकारीले साइबर सुरक्षा अनुसन्धान केन्द्रको भिजनलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेकाे कलेजले जनाएको छ । 

Skip This
Skip This
Logo