केएमसी बागबजारमा प्लस टु अध्ययन गरेका करिब २० हजार बढि संगठित सदस्य भएको केएमसी पूर्वविद्यार्थी संघको दोस्रो बृहत भेला सम्पन्न भएको छ।
मुटुरोग विशेषज्ञ एवं लेखक डा. ओम मूर्ति अनिलको प्रमुख आतिथ्यता र संघका अध्यक्ष डा. अच्युत शाली घिमिरेको सभापतित्वमा औपचारिक र सांस्कृतिक कार्यक्रमसहित सम्पन्न उक्त भेलामा विभिन्न क्षेत्रमा आफ्नो भूमिकालाई मजबुद बनाएका पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।
आरती न्यौपाने, उपसचिव प्रशासन सेवा, रत्न केशरी महर्जन, शाखा अधिकृत न्याय सेवा, रिया भट्टराई, शाखा अधिकृत न्याय सेवा,लक्ष्मण बराल,ईन्जिनियरिङ सेवा सातौं तह,ई. नविन राज चौलागाई,ईन्जिनियरिङ सेवा सातौं तह,आयुष सेढाई, ईन्जिनियरिङ सेवा सातौं तह,डा रोजन अधिकारी, डा. आशिष कडारिया, डा. निर्मल घिमिरे, कपिल पोख्रेल, बिराज अर्याल, उज्जवल गौतमलगायतलाई सम्मान गरिएको थियो।
देशमा छरिएर रहेका पूर्व विद्यार्थीहरुको उक्त भेलामा सम्मानित पूर्व विद्यार्थी वक्ताहरुले केएमसीले आफ्नो सफलतामा पुर्याएको योगदान र पूर्व स्मृतिहरुलाई ताजा बनाएर मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डा. अनिलले सम्बन्धहरु सँग जोड्दै किन युवाहरु देशमा नै बसेर कार्य गर्न उत्प्रेरित हुनुपर्छ भन्ने धारणा राखेका थिए । सुनिता डंगोल, सागर ढकाल लगायतका राजनीतिक वृत्तका सुनौला खेलाडीहरुलाई पहिलो भेलामा सम्मान गरिसकेको यस संघले आगामी दिनमा यसको दायरा बढाउँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने ध्येय राखेको छ।





























प्रतिक्रिया