विद्यार्थी विदेशमा उच्च शिक्षा हासिल गर्न चाहन्छ भने सरकारले रोक्नुहुन्नः राजेश हमाल

विद्यार्थी विदेशमा उच्च शिक्षा हासिल गर्न चाहन्छ भने सरकारले रोक्नुहुन्नः राजेश हमाल

केन्द्रबिन्दु
0
Shares

महानायक राजेश हमालले नेपाली विद्यार्थीहरू विदेशमा गएर उच्च शिक्षा हासिल गर्न चाहन्छ भने सरकारले रोक्न नहुने बताएका छन् । 

शैक्षिक परामर्श संघ (इक्यान)को १८औं वार्षिक साधारण सभामा महानायक हमालले यस्ताे बताएका हुन् । उनले विदेशमा गएर शिक्षा हासिल गरेर विद्यार्थीहरु स्वदेशमै फर्किएर याेगदान दिन सक्ने भएकाले विदेशमा जान चाहनेलाई रोक्न नहुने धारणा राखे ।

साथै महानायक हमालले नेपालबाट शिक्षा लिन विदेशिने परम्परा नौलो नभएकाले नकारात्मक रूपमा हेर्न नहुने पनि बताए । तर, उनले भने- 'विदेशिएका विद्यार्थीहरूले दक्षता नेपालमै लागू गर्नुपर्छ, राज्यले यसका लागि सहज वातावरण सिर्जना गर्नुपर्छ । विदेश पढ्न पढाउन भनेको त्यहीँ बस भन्ने सोचाईबाट राज्य र स्वयं विद्यार्थी अलग्गिनु पर्छ ।' 

उनले इक्यान परिमार्जित हुँदै गएको र वार्षिक साधारण सभाबाट इक्यानले नीतिगत त्रुटी सुर्धान सहज हुने पनि आशा व्यक्त गरे ।  

Logo