आईएसएमटी कलेजले “आइएसएमटी जब फेयर २०२४” आयोजना गरेको छ ।
विद्यार्थीलाई शिक्षासँगै करिअर निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित कलेजले आफ्नै प्राङ्गणमा आयोजना भएको मेलामा २५० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । मेलामा आइटी, बिजनेस र हस्पिटालिटी क्षेत्रका २१ भन्दा बढी कम्पनीहरु सहभागी छन् । आइटी क्षेत्रका विद्यार्थीका लागि एफवान सफ्ट इन्टरनेसनल, बिजनेसका लागि सिप्रदी ग्रुप, सौरभ ग्रुप, हस्पिटालिटीका लागि मेरियट काठमाडौंलगायत कम्पनीहरु मेलामा सहभागी छन् ।
शिक्षासँगै विद्यार्थीहरुको करिअर बनाउन सहयोग गरिरहेको आईएसएमटी कलेजले विद्यार्थीको पढाई सकेसँगै आफ्नो क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ ।
आईएसएमटी कलेजका विजनेस डेभलपमेन्ट हेड बासुदेब वस्तीले ‘अहिले नेपाली बजारमा शिक्षित तर बेरोजगार मानिसहरुको संख्या दिनप्रति दिन बढिरहेको अवस्थामा कलेजले आफ्नो विद्यार्थीहरु बजारमा भौतारिन नपरोस् भनेर यस्तो फेयर आयोजना गरिएको बताए । उनले पढाई सकिन साथ विद्यार्थीहरुले आफ्नो रुची र अध्ययनको विषय अनुसार एकै छातामुनी विभिन्न कम्पनीहरुमा आवेदन दिई सहजै रोजगारी प्राप्त गर्न सक्ने बताए । आइएसएमटीले वर्षमा २ वटा यस्तो जब फेयर आयोजना गर्दै आइरहेको उनको भनाई छ ।
यसैगरी जब फेयरमा सहभागी विद्यार्थीहरुले कलेजले नै आफ्नो प्राङ्गणमा रोजगारी सिर्जना गरिदिएकाले आफूहरुलाई बजारमा भौतारिन समस्या नपरेकोमा खुसी व्यक्त गरे ।
आईएसएमटी कलेज अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त शिक्षा दिने उद्देश्यसहित सन् २०११ मा काठमाडौंको तिनकुनेस्थित गैरीगाँउमा स्थापना भएको कलेज हो । विश्वकै प्रतिष्ठित बेलायतको युनिभर्सिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेज, स्थापनाको छोटो समयावधिमै गुणस्तरीय एवम् परिणामुखी शिक्षा प्रदान गर्ने कलेजका रुपमा स्थापित छ । स्थापनाकालदेखि नै घोकन्ते भन्दा व्यवहारिक शिक्षामा ध्यान दिँदै आएको यो कलेजमा व्यवस्थापन तथा सूचना प्रविधिका क्षेत्रमा स्नातक र स्नातकोत्तर तहमा विश्वबजारको माग अनुसारको अध्ययन अध्यापन हुँदै आएको छ । आइएसएमटी कलेजमा हाल बिबीए, बिएचएम, बिएस्सीआइटी, साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक, एमबीए र एमबीएआइटी जस्ता विषयहरुमा अध्ययन अध्यापन हुँदै आइरहेको छ ।





























प्रतिक्रिया