पद्मश्री कलेजका ११० जना विद्यार्थी दीक्षित

पद्मश्री कलेजका ११० जना विद्यार्थी दीक्षित

केन्द्रबिन्दु
18
Shares

काठमाडौंको तीनकुनेमा रहेको पद्मश्री कलेजबाट १ सय १० जना स्नातक विद्यार्थी दीक्षित भएका छन् ।

पद्मश्री कलेजबाट स्नातक तह बिआइटी र बिएचएममा अध्ययरत ११० जना विद्यार्थीहरु दिक्षित भएका हुन् । सबै विद्यार्थीहरुले मलेसियाको निलाइ विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकार, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृती लिई संचालन भएका चार बर्षे स्नातक कार्यक्रम अध्ययन सम्पन्न गरेका हुन् ।

विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्यसचिव तथा अभियन्ता लिलामणि पौडेल र कलेजका अध्यक्ष अणराज सिलवालले संयुक्त रुपमा दिक्षान्त प्रमाणपत्र प्रदान गरेका थिए । सो कार्यक्रममा विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै प्रमुख अतिथि लिलामणि पौडेलले शिक्षित भए पश्चात सम्भव भए सम्म देश भित्रै अवसरहरुको खोजी गरी काम गर्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा डा पुकार मल्ल, डा लोचन रिजाल, एलिन बाइलोचन तुलाधर लगायतले देश भित्र तथा बाहिरका विभिन्न अवसर र सम्भावनाहरुका बारेमा जानकारी दिएका थिए । पद्मश्री कलेजले बिगत दुई दशकदेखि सूचना प्रविधि, कम्प्युटर, हस्पिटालिटी लगायतका विषयहरुमा शिक्षा प्रदान गर्दै आएको छ।

Logo