उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरुको छाता संगठन (हिसान)ले सरकारलाई अध्ययन अध्यापनसम्बन्धी विभिन्न कुराहरूको ध्यानाकर्षण गराएको छ। हिसानले आज एक विज्ञप्ति जारी गर्दै पठनपाठनको उचित व्यवस्था मिलाउन ९ बुंदे ध्यानाकर्षण गराएको हो ।
विज्ञप्तिमा शैक्षिक क्षेत्र खोल्नका लागि वातावरण निर्माण गर्नुपर्ने, विद्यार्थी भर्ना अभियान शुरु गर्नुपर्ने, पाठ्यपुस्तक उपलब्ध गराउनुपर्नेलगायतका कुराहरू छन्। त्यस्तै पूरानै पाठ्यक्रम अनुसार अध्ययन अध्यापन गर्ने, ई लर्निङ प्रयोगमा ल्याउने, विद्यालयमा नेट सेवा सर्वसुलभ बनाउने, समय तालिका प्रकाशन गरी सबैलाई मानसिक रुपमा तयारी गराउने, स्वदेशी तथा विदेशी विद्यार्थीलाई गुणस्तरीय शिक्षाको ग्यारेण्टी गर्ने, शिक्षक तथा कर्मचारीका लागि आवश्यक राहत सरकारद्वारा सम्बोधन गरिनुपर्ने आदि विज्ञप्तिमा उल्लेख छ।
हिसानले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, उपप्रधान तथा रक्षामन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच् स्तरीय समितिका संयोजक, अर्थमन्त्री र शिक्षामन्त्री र सम्बन्धित सबैलाई ध्यानाकर्षण गराइएको जनाएको छ ।






























प्रतिक्रिया