काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले ७ चैत्रदेखि हुने सम्पूर्ण परीक्षा तत्कालका लागि स्थगित गरेको छ । विश्वभर नोवेल कोरोना (कोभिड १९) भाइरस फैलिँइ रहेको बेला उच्च सतर्कता अपनाउँन त्रिविले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
बुधबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेल संयोजकत्वको (कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति) ले गरेको निर्णय अनुसार बिहिबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले परीक्षा स्थगितको निर्णय गरेको जनाएको छ ।
बिहिबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेपनि नियमित प्रशासनिक कामहरू भने यथावत सञ्चालन गर्ने निर्णय गरेको छ ।






























प्रतिक्रिया