आफ्ना छोराछोरीलाई शिक्षा दिएर जिम्मेवार बनाउनुहोस्ः नेता नेपाल

आफ्ना छोराछोरीलाई शिक्षा दिएर जिम्मेवार बनाउनुहोस्ः नेता नेपाल

केन्द्रबिन्दु
0
Shares

रौतहट ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले बृहत्तर ढंगले दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजनाका कामलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

रौतहटको बौद्धीमाई नगरपालिका–८ सरमुजवामा निर्माण हुन लागेको दलित सामुदायिक भवनको विहिबार शिलान्याश गर्दै उनले जिल्लाको समग्र विकासका लागि आफूले सहकार्य गर्ने बताए।

वरिष्ठ नेता नेपालले जिल्लामा अहिले पनि जकडिएर रहेका बालविवाह र दाइजोप्रथालाई त्यागेर छोराछोरीको शिक्षामा जोड दिन आग्रह गरे । “छोराछोरीलाई कम्तीमा बीएसम्म पढाउनुस”, उनले भने, “दाइजोको रुपमा अरूको सम्पत्तिमा लोभ नगरौँ ।”

वरिष्ठ नेता नेपालले अरूको सम्पत्तिमा लोभ गर्नुको साटो आफ्ना छोराछोरीलाई उचित शिक्षा दिएर जिम्मेवार नागरिक बनाउन आग्रह गर्दै प्राथमिक शिक्षा हासिल गरिसकेका किशोरकिशोरीलाई प्राविधिक शिक्षा दिनुपर्नेमा जोड दिए । प्राविधिक शिक्षा हासिल गर्न जिल्लामा प्राविधिक शिक्षालय स्थापनाका लागि आफूले पहल गर्ने पनि उनले बताए ।

वरिष्ठ नेता नेपालले जिल्लाको उत्तर–दक्षिण जोड्ने तीन वटा मुख्य सडकहरुको स्तरोन्नति गर्दै ४ देखी ६ लेनसम्म बनाउन सरकारले योजना ल्याएको उल्लेख गर्दै निकट भविष्यमै मेची–महाकली रेल मार्ग निर्माण भई रेल सञ्चालन हुने विश्वास व्यक्त गरे ।

Skip This
Skip This
Logo