सिम्रन खड्का
मकवानपुर ।
मकवानपुरको थाहानगरपालिका १० मा रहेको चम्पेश्वर आधारभूत विद्यालयमा ५८ औ बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर गोपालीको सभापतित्वमा भएको कार्यक्रममा थाहानगरपालिकाका उपमेयर खड्गबहादुर गोपालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा यसै विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । आगामी दिनहरुमा विद्यालयको स्तरोन्नतीको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।

कक्षा १ देखि ८ सम्म पठनपाठन भइरहेको यस विद्यालयमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।वार्षिक उत्सवको अवसर पारेर भूतपूर्व विद्यार्थी वैकुण्ठ थापाले गत बर्षहरुमा झैं यस बर्ष पनि कक्षा १ देखि ८ सम्म अध्यनरत प्रथम हुन सफल छात्र छात्राहरुलाई स्टेशनरी सामान पुरस्कार स्वरुप वितरण गरेका थिए । कार्यक्रममा उपस्थित भूतपूर्व विद्यार्थीहरु अर्जुन बस्नेत, सालिकराम अधिकारी ,वैकुण्ठ थापा ,लगायतले विद्यालयको लागि साउण्ड सिस्टम सहयोग गर्ने बताएका छन् । कार्यक्रमकै अवसर पारी पूर्व शिक्षक शिक्षिका राम गणेश यादव र सुमित्रा भट्टराईलाई पनि सम्मान गरिएको छ ।

साथै भूतपूर्व विद्यार्थी वैकुण्ठ थापाले न्यानो कपडा वितरण गर्ने सान समुहका सालिकराम अधिकारी र अर्जुन बस्नेत , विद्यालयलाई स्मार्ट टिभी सहयोग गर्ने मोहोन कुमार गोपाली ,पूर्णराज गोपाली, नमराज गोपाली, होमलाल गोपाली, एल्पी गोपाली, विजय नापितलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी खडग बहादुर गोपालीले मायाको चिनो वितरण गरेका थिए ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु ,समाजसेवी , बुद्दिजिवी ,राजनीतिक दल, विभिन्न विद्यालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सप्ताहव्यापी रूपमा संचालित भएको कार्यक्रममा विभिन्न खेलहरुमा सफल हुन सफल छात्र छात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो ।





























प्रतिक्रिया