काठमाडौं ।
अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि परामर्श उपलब्ध गराउने शैक्षिक परामर्श व्यवसायीहरुको संस्था एरी नेपालको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । ऐरी नेपालको साधारणसभामा प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति सदस्य सरिता न्यौपानेले विदेश अध्ययनका लागि रोक्न नसकिने भए पनि अध्ययन सकेर नेपाल फर्कन प्रेरित हुने गरी परामर्श दिन आग्रह गरिन् । उनले ऐरीमा आवद्ध संस्थाहरुले राम्रो परार्श दिने गरे पनि अरुलाई समेत राम्रो सेवा उपलब्ध गराउने अवस्था सिर्जना गर्नुपर्ने बताइन ।
कार्यक्रममा नेपालका लागि अष्ट्रेलियन राजदुत पिटर बडले अष्ट्रेलिया अध्ययन गरेर नेपाली विद्यार्थीले लाभ लिएको र लिन सक्ने बताए । अरु धेरै देशबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहे पनि धेरैलाई सम्भव नभएको तर नेपालीहरुलाई सजिलो बनाएको बताए । यसबाट नेपाली खुसी हुनु पर्ने उनको भनाइ थियो । अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहालले अष्ट्रेलियामा रहने विद्यार्थीसहित सबैका सहजताका लागि राम्रो गर्ने प्रयास गरिरहेको बताए ।
ऐरी नेपालका अध्यक्ष द्विराज शर्माले विद्यार्थीले पर्याप्त सूचना लिएर अष्ट्रेलिया लगायतका देशमा अध्ययनमा जाँदा समस्या नहुने बताए । उनले अहिले ऐरी नेपालमा ३० सदस्य रहेको र सबैले जिम्मेवारीपूर्वक काम गरिरहेको बताए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया