ईक्यानको नवनिर्वाचित कार्यसमितिलाई केन्द्रबिन्दुको बधाइ ज्ञापन (फोटोफिचर)

ईक्यानको नवनिर्वाचित कार्यसमितिलाई केन्द्रबिन्दुको बधाइ ज्ञापन (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । शैक्षिक परामर्श संघ नेपाल (ईक्यान) को नवनिर्वाचित कार्यसमितिलाई केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले बधाइ ज्ञापन गरेको छ । कार्यसमितिका पदाधिकारीहरुलाई केन्द्रबिन्दुको कार्यालयमा स्वागत गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत बिदुर खतिवडाले बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै ईक्यानका नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेले संस्थालाई अझ प्रभावकारी ढंगले अगाडि लैजाने बताए । पाण्डेले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै सरकारले ल्याएको शिक्षा नीति सुधार्न जरुरी रहेको बताए । त्यस्तै निवर्तमान अध्यक्ष विष्णुहरी पाण्डेले कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गर्दै आफूले सक्दो सहयोग गर्ने बताए ।

ईक्यानको गत शनिवार सम्पन्न १४ औं साधारण सभाबाट पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो । साधारण सभाबाट उपाध्यक्षमा देवीदास भट्टराई, शेषराज भट्टराई र कृष्णहरि केसी चयन भएका छन् । त्यस्तै महासचिवमा दीपकराज भुसाल, सचिवमा बासुदेव दाहाल र बालकृष्ण (बीके) श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ, सह-कोषाध्यक्षमा कर्णबहादुर गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरु सुष्मा आचार्य, आशिक कार्की, रत्न भट्टराई, नवराज भट्टराई, पुष्पराज भट्टराई, विकल्पराज पोखरेल, आर्यन उप्रेती, भवनाथ हुमागाईँ, सुवास गौतम र शिवप्रसाद त्रिपाठी निर्वाचित भएका थिए ।

 

Logo