काठमाडौं । भारतको प्रसिद्ध विश्वविद्यालय जीडी गोयन्का विश्वविद्यालयले नेपालमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ । अल्टिमेट कन्सलटेन्सी एन्ड एड्भाइजरी नेटवर्क (युक्यान) सँगको संयुक्त लगानीमा क्षेत्रीय कार्यालय स्थापना गरेको युक्यानका सञ्चालक निरन्जन पन्तले जानकारी दिए ।
आइतबार पुतलिसडकस्थित यूक्यानको कार्यालयमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष विष्णुहरि पाण्डे र विश्वविद्यालयका प्रबन्ध निर्देशक निपुन गोयन्काले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै गोयन्काले उच्चशिक्षाका लागि विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुलाई स्वागत गर्न आतुर रहेको बताए । उनले गुणस्तरीय शिक्षाका लागि विश्वविद्यालयमा आउन आग्रह पनि गरे ।
अन्तराष्टियस्तरको शिक्षा लिन चाहने विद्यार्थीलाई सेवा दिने लक्ष्यसहित युक्यानले गोयन्का विश्वविद्यालयसँग सहकार्य गरेको छ । भारतमा गइ विश्वविद्यालयको शिक्षा लिन चाहने विद्यार्थीका लागि जीडी गोयन्का विश्वविद्यालय सुहाउँदो शुल्कमा गुणस्तरीय शिक्षाका लागि उपयुक्त भएको पन्तको भनाइ छ ।
हेरौं यो भिडियोमा :
http://





























प्रतिक्रिया