काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह गरेका छन् ।
सामुदायिक विद्यालयहरूका छात्राहरूलाई निः शुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको शुभारम्भ गर्दै शिक्षामन्त्री पोखरेलले यो वा त्यो बाहनामा बजेट अन्यत्र प्रयोग हुन नदिन स्थानीय तहहरूलाई आग्रह गरे । सेनिटरी प्याडको अभावमा छात्राहरूको पढाइमा कुनै समस्या हुन नदिन आवश्यक व्यवस्था मिलाउन पनि उनले आग्रह गरे ‘सेनेटरी प्याडकै कारणले छात्राहरूको पढाई छुट्यो भन्ने कुरा सुन्नु नपरोस । हर हालतमा गुणात्मक शिक्षाको प्रत्याभूति गर्नैपर्छ त्यसकै लागि राज्यले यो कार्यक्रम ल्याएको हो ।’
मन्त्री पोखरलेले कार्यक्रम कार्यन्वयन गर्दा कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने तर्फपनि ध्यान दिन आग्रह गरे । एउटा पालिकाले अर्को पालिकासँग मिलेर हुन्छ वा निजी क्षेत्र, यो क्षेत्रमा काम गर्ने सहकारी संस्थाहरूकोबीचमा पनि साझेदारीको रूपमा लैजान सके यो दिगो र टिकाउन हुने उनले बताए । मन्त्रालयले बनाएको मापदण्डभित्र रहेर उत्पादन गर्न आग्रह गर्दै मन्त्री पोखरेलले गुणात्मक रुपमा एकरति पनि कमि हुन नहुने बताए ।
नेपालका सबै सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको सोमबारबाट सुभारम्भ गरिएको छ ।





























प्रतिक्रिया