एसईईकाे परीक्षा तालिका सार्वजनिक

 एसईईकाे परीक्षा तालिका सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

२०७६ सालको एसईईकाे परीक्षा तालिका आज सार्वजनिक भएको छ। एसईईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा चैत ६ देखि १७ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले बताए ।

प्रकाशित तालिका अनुसार परीक्षाको पहिलो दिन ६ गते अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान, ११ गते अनिवार्य सामाजिक अध्ययन, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा तथा १३ गते ऐच्छिक प्रथम विषयको परीक्षा छ।

१४ गते ऐच्छिक विषयका सबै परीक्षा हुने सूचनामा उल्लेख छ भने परीक्षाकाे अन्तिम दिन १७ गते भने विभिन्न प्राविधिक विषयको परीक्षा हुनेछ। परिक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।

Skip This
Skip This
Logo