आइएसएमटी कलेजका ३१९ जना विद्यार्थी दिक्षित

आइएसएमटी कलेजका ३१९ जना विद्यार्थी दिक्षित

केन्द्रबिन्दु
57
Shares

बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौंस्थित आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ।

बेलायती दाजदूत रोब फेनको प्रमुख आतिथ्य र विश्वविद्यालयका उच्च तहका प्रतिनिधिकाे उपस्थितिमा सम्पन्न कलेजको दिक्षान्त समारोहबाट बिबिए, बिएचएम र बीएससी आइटी उत्तिर्ण ३१९ जना विद्यार्थी दिक्षित भएका हुन् । उक्त समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई पनि विश्वविद्यालयले विशेष अवार्डसमेत प्रदान गरेको थियो ।

आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धन कलेज सञ्चालन गरिरहेको छ।

Logo