अल्फाबिटामा ‘अष्ट्रेलियन एड्मिसन डे -२०२४’आयोजना, १५ भन्दा बढी युनिभर्सिटी सहभागी

अल्फाबिटामा ‘अष्ट्रेलियन एड्मिसन डे -२०२४’आयोजना, १५ भन्दा बढी युनिभर्सिटी सहभागी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले ‘अष्ट्रेलियन एड्मिसन डे २०२४’आयोजना गरेको छ । अल्फाबिटाले आइतबार आफ्नै भवन अल्फाबिटा कम्प्लेक्समा ‘अष्ट्रेलियन एडमिसन डे’ आयोजना गरेको हो ।

अष्ट्रेलिया जाने साेचमा बनाएका विद्यार्थीलाई परामर्श दिनका लागि अष्ट्रेलियाका प्रतिष्ठित १५ भन्दा बढी युनिभर्सिटीका प्रतिनिधि सहभागी भएका छन् । परामर्श लिने विद्यार्थीको पनि घुँइचो लागेको छ । युनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर अष्ट्रेलियाको शिक्षा नीति, भर्ना, छात्रबृत्ति तथा शुल्क, भिसा डकुमेन्टेसनलगायत आवश्यक सम्पूर्ण जानकारी लिन सक्नेछन् ।

युनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर अष्ट्रेलियाको शिक्षा नीति, भर्ना, छात्रबृत्ति तथा शुल्क, भिसा डकुमेन्टेसनलगायत आवश्यक जानकारी लिन सक्नेछन् ।

आफ्ना जिज्ञासाहरू सीधै विश्वविद्यालयका प्रतिनिधिसँग राखेर उपयुक्त कलेज छान्न सक्ने भएकाले विद्यार्थीहरुका लागि यस अष्ट्रेलियन एड्मिसन डे निकै महत्वपूर्ण हुने अल्फाबिटाकी काउन्सिलर सुभेच्छा हमालको विश्वास छ । पछिल्लोसमय उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुको आकर्षण बढेको छ ।

Logo