केएमसी स्कुलले आयोजना गर्यो ‘एक्स फेष्ट २.०’

केएमसी स्कुलले आयोजना गर्यो ‘एक्स फेष्ट २.०’

केन्द्रबिन्दु
140
Shares

काठमाडौं मोडल सेकेन्डरी स्कुलले सरस्वती पूजाको अवसरमा दोस्रो ‘एक्स-फेष्ट’ अर्थात ‘एक्स-फेष्ट २.०’ कार्यक्रम आयोजना गरेको छ ।

विगतमा यही स्वरुपको कार्यक्रमलाई स्कुलले ‘टेक्नो फेष्ट’ नामाकरण गरी आयोजना गर्ने गर्दथ्याे । बुधबार आफ्नै स्कुलको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा काठमाडौं वडा नम्बर २८ का वडा अध्यक्ष भैरव खत्रीकाे उपस्थिति रहेकाे थियाे ।

उपत्यका भित्रका र केएमसी स्कुलकै विद्यार्थीहरु संलग्न रहेकाे उक्त कार्यक्रममा साइन्स एक्जिविसन, प्रोजेक्ट डेमोस्ट्रोसन, फ्रि–डेन्टल चेकअफ, टेलिस्कोप अवजर्भेसन, भिआर स्थल र विभिन्न प्रकारका खेलहरु खेलाइएको थियो । केएमसीलगायत अन्य विभिन्न स्कुलका ११ र १२ कक्षामा पढ्ने विद्यार्थीहरु संलग्न उक्त कार्यक्रममा ३५ भन्दा बढी स्टलहरु राखिएको थियो ।

‘एक्स-फेष्ट २.०’ कार्यक्रममा विद्यार्थीहरुको संलग्नता उनीहरुको प्रोजेक्टको आधारमा गरिएको थियो ।

साे अवसरमा केएमसी स्कुलका प्रधानाध्यापक डा. नगेन्द्र अर्यालले यस्तो प्रकारको कार्यक्रमहरु सञ्चालन गर्दा विद्यार्थीहरुले पढ्ने मात्र नभएर पढेका ज्ञान र सिपहरुलाई व्यवहारिक रुपमै प्रयोग गर्न सक्ने र पढाईका अतिरिक्त एउटा विद्यार्थीमा विभिन्न प्रकारका क्षमताहरु पनि हुने भएकाले यस प्रकारका कार्यक्रमले ती प्रतिभालाई प्रस्फुटन गराउन मदत गर्ने बताए । यस प्रकारका कार्यक्रमहरु आफूहरुले मात्र नभएर अन्य स्कुल र कलेजहरुले पनि आयोजना गर्नुपर्ने उनकाे भनाई थियाे ।

Logo