त्रिविको उपकुलपतिका प्रतिस्पर्धीको अन्तर्वार्ता आज

त्रिविको उपकुलपतिका प्रतिस्पर्धीको अन्तर्वार्ता आज

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका प्रतिस्पर्धीहरूको अन्तर्वार्ता आज हुने भएको छ। छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आज लिन लागेको हो।

उनीहरूको अन्तर्वार्ता बिहान ८ः३० बजेदेखि सुरु हुने समितिले जनाएको छ। विज्ञ र छनोट समितिका सदस्यहरूले अन्तर्वार्ता लिने छन्। उम्मेदवारहरूलाई बढीमा आधा घण्टाको समय दिएर अन्तर्वार्ता लिइने समितिले जनाएको छ।

त्रिविको उपकुलपतिको लागि ४३ जनाले आवेदन दिएका थिए। जसमा १४ जना सर्ट लिष्टमा परेका थिए । सर्ट लिष्टमा परेका उनीहरूको माघ २९ गतेदेखि फागुन २ गतेसम्म सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो।

उक्त कार्य सकिएपछि समितिले अन्तर्वार्ता लिन लागेको हो। अन्तर्वार्तापछि समितिले त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेछ।

Skip This
Skip This
Logo