गोकुलेश्वर क्याम्पसद्वारा विद्यार्थी संगठनहरू खारेज

गोकुलेश्वर क्याम्पसद्वारा विद्यार्थी संगठनहरू खारेज

केन्द्रबिन्दु
0
Shares

बैतडी । गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले विद्यार्थी संगठनहरू र स्ववियू खारेज गरेको छ । साउन १ गतेदेखि लागू हुनेगरी कलेजमा रहेका विद्यार्थी संगठनहरु र स्ववियू खारेज गरिएको हो ।

कलेजमा दर्ता भएका विद्यार्थी संगठनहरु एक आपसमा झै-झगडा गर्ने, कलेजको शैक्षिक वातावरण अशान्त बनाउने, बेला-बेला एक आपसमा भिड्ने जस्ता गतिविधि गर्दै आएको भन्दै कलेजले विद्यार्थी संगठनहरु र स्ववियू खारेज गरिदिएको हो ।

विद्यार्थी संगठन र स्ववियू खारेजीको माग गर्दै विद्यार्थीहरुले नै दिएको निवेदनका आधारमा खारेज गरिएको कलेज प्रमुख परमानन्द जोशीद्वारा हस्ताक्षर गरिएको सुचनामा उल्लेख गरिएको छ ।

अबदेखि राजनीतिक दलको नाममा कलेजभित्र कुनै पनि गतिविधि गर्न नपाइने कलेज प्रमुख जोशीले जानकारी दिए । विद्यार्थी संगठनका नाममा एक आपसमा झै-झगडा गर्ने, विभिन्न बाहनामा कलेजमा तालाबन्दी गर्ने जस्ता कजेललाई नै बदनाम गराउने कार्य गर्दै आएकाले बाध्य भएर यस्तो कदम चाल्नुपरेको कलेज प्रमुख जोशीको भनाई छ ।

Skip This
Skip This
Logo