विद्यार्थीहरूसँग धमला कार्यक्रम सम्पन्न: धमलाले सुनाए आफ्नाे पत्रकारिताको अनुभव

विद्यार्थीहरूसँग धमला कार्यक्रम सम्पन्न: धमलाले सुनाए आफ्नाे पत्रकारिताको अनुभव

केन्द्रबिन्दु
315
Shares

काठमाडाैंकाे कोटेश्वरस्थित ट्रिटन कजेलमा विद्यार्थीसँग चर्चित पत्रकार ऋषि धमलासँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

हिमालयन टक्सले आयोजना गरेको ‘विद्यार्थीसँग धमला’ नामक उक्त कार्यक्रममा विभिन्न विद्यालयका गरि करिब पाँच सय विद्यार्थीले भाग लिएका थिए भने कार्यक्रममा विभिन्न कलेजका प्रिन्सिपल, शिक्षक तथा शिक्षाविदहरूको उपस्थिति रहेको थियो ।

कवि प्रध्यापक टीएन भट्ट विश्वामित्रले मध्यस्थताको भुमिका निभएको उक्त कार्यक्रमा धमलालाई उनको वालककाल देखि हालसम्मका उनको अनुभवमा आधारित प्रश्नहरू सोधेर अन्तरक्रिया गरिएको थियो भने समसामयिक राजनैतिक विषयहरू, सामाजिक, आर्थिक तथा अन्य विषय वस्तुमा समेत छलफल गरिएको थियो । यसका साथसाथै पत्रकार धमलालाई विद्यार्थीहरूले गहन प्रश्नहरू गरेका थिए ।

पत्रकार धमलाले आफ्नै शैलीमा विद्यार्थीहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । कार्यक्रम भव्य र सभ्य रूपमा सफल भयो । हिमालयन टक्सले यस अगाडि पनि समाजका प्रतिष्ठित व्यक्तिहरू बोलाएर विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै आइरहेको थियो ।

Skip This
Skip This
Logo