त्रिविले लापरवाहीको हद नै नाघ्याे, महिनामा ३० दिन हुँदा कसरी निकाल्याे ३१ गतेकाे परीक्षा रूटिन ?

त्रिविले लापरवाहीको हद नै नाघ्याे, महिनामा ३० दिन हुँदा कसरी निकाल्याे ३१ गतेकाे परीक्षा रूटिन ?

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चार बर्षे स्नातक तह अन्र्तगत सार्वजनिक गरेको परीक्षा तालिकामा गम्भिर लापरवाही गरेको छ।

चैतको महिना ३० को भए पनि कार्यालयले ३१ गते परीक्षा लिने गरी तालिका सार्वजनिक गरेको छ। स्नातक तह अन्तर्गत मानविकी, शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फको दोश्रो बर्षको परीक्षा तालिकामा कार्यालयले उक्त लापरवाही गरेको हो।

त्रिविले शुक्रबार सार्वजनकि गरेको परीक्षा तालिकामा बीबीएसको ‘माइक्रो फाइनानन्स फर बिजनेस’ विषयको परीक्षा चैत ३१ गते हुने उल्लेख छ।

कार्यालयले मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको ४ वर्षे स्नातक तहको चौथो वर्षको परीक्षा तालिका शुक्रबार सार्वजनिक गरेको हो।

Skip This
Skip This
Logo