विद्यार्थी विदेश पढ्न जान छाडे, स्वदेश फर्केकालाई काम गर्ने वातावरण भएन -अध्यक्ष शेषराज भट्टराई

विद्यार्थी विदेश पढ्न जान छाडे, स्वदेश फर्केकालाई काम गर्ने वातावरण भएन -अध्यक्ष शेषराज भट्टराई

केन्द्रबिन्दु
98
Shares

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले विदेशमा अध्ययन गरेर स्वदेश फर्कने विद्यार्थीलाई काम गर्न सक्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् ।

काठमाडौंमा आज आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । शैक्षिक परामर्श ऐन तत्काल बनाउन आवश्यक रहेको उनले औंल्याए ।

‘शैक्षिक परामर्श ऐन तत्काल बनाउन आवश्यक छ, जसको लागि सरकारले पहल गर्न आवश्यक छ’ उनले भने, ‘विदेशमा अध्ययन गरेर स्वदेश फर्कने विद्यार्थीलाई काम गर्न सक्ने वातावरण बनाउनुपर्छ ।’ विदेशीले नेपालका विश्वविद्यालयमा पढ्न खोज्यो भने सहजै पढ्न पाउने व्यवस्था नभएको र उसले भिजिट भिस्सामा आएर पढ्नुपर्ने बाध्यता रहेको उनको भनाई थियो ।

साथै उनले अहिले नेपालबाट विदेश अध्ययनमा जाने विद्यार्थीको संख्या एकदमै कम रहेको पनि बताए ।

त्यस्तै, अध्यक्ष भट्टराईले नेपालमा हाल ५ हजार एजुकेसन कन्सल्टेन्सी रहेको र त्यसबाट ७० हजारले रोजगार पाएको दाबी पनि गरे । शिक्षाको महत्वलाई बुझेर नेपालमा नै केही गर्नुपर्छ भन्ने वातावरण बनाउनु पर्ने उनको भनाई छ ।

Logo