वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल आज प्रकाशित हुँदैछ । परीक्षाफल प्रकाशितका लागि निर्णय गर्न अहिले दुई बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।
यस वर्षको एसईई परीक्षमा कुल चार लाख ७४ हजार तीन जना विद्यार्थी सहभागी भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले विभिन्न १७ तरिकाबाट नतिजा हेर्न सकिने जनाएको छ ।
यसपटक प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन्। परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ ।
नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ ।






























प्रतिक्रिया