अल्फाबिटाले ‘ब्रिज कोर्स’ सुरु गर्दै, विशेष छुटकाे पनि व्यवस्था

अल्फाबिटाले ‘ब्रिज कोर्स’ सुरु गर्दै, विशेष छुटकाे पनि व्यवस्था

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले ‘ब्रिज कोर्स’ सुरु गर्ने भएको छ ।

नयाँ वर्ष २०८१ को अवसर पार्दै अल्फाबिटाले बैशाख २ गतेबाट प्लस टुमा विज्ञान र व्यवस्थापन संकायमा भर्ना हुने तयारी गरिरहेका विद्यार्थीका लागि ब्रिज कोर्स सुरु गर्न लागेको हो । ब्रिज कोर्सको कक्षामा भर्ना हुने सुरुका १०० जना विद्यार्थीलाई २० प्रतिशत छुटको पनि व्यवस्था मिलाइएको छ ।

अहिले विद्यार्थीहरु एसईई दिइरहेका छन् । धेरै विद्यार्थीले आफूले एसईई दिएका विद्यालयमा आफूले पढ्न चाहेको विषय नहुँदा कक्षा ११ पढ्न नयाँ विद्यालय खोज्छन् । त्यसबाहेक नयाँ माहोलमा नयाँ साथीभाइसँग पढ्ने रहरले पनि कतिपय विद्यार्थीले एसईई उत्तीर्ण गरेको विद्यालय छाड्दैछन् । यही २७ गते एसईई सकिएपछि विज्ञान, व्यवस्थापन र प्राविधिक विषय पढ्न चाहने देशभरका विद्यार्थी काठमाडौं आएर प्रवेश परीक्षाको तयारीमा जुट्छन् । त्यसलाई मध्यनजर गर्दै अल्फाबिटाले ब्रिज कोर्स सुरु गर्न लागेको हो ।

Logo