इस्लिङ्टन कलेजद्वारा १५७ विद्यार्थीलाई ४.५ करोड बराबरीको छात्रवृत्ति प्रदान

इस्लिङ्टन कलेजद्वारा १५७ विद्यार्थीलाई ४.५ करोड बराबरीको छात्रवृत्ति प्रदान

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । इस्लिङ्टन कलेजले एएए छात्रवृत्ती समारोह २०२४ को आयोजना गर्दै जारी शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।

प्राज्ञिकता, उपस्थिति र हाजिरीलाई एकै सुत्रमा बाँध्ने यस एएए छात्रवृत्तीको उद्देश्य शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृत्ति मार्फत बिद्यार्थीहरुलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु हो । छात्रवृत्तिको यस संस्करणमा आवेदकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो भने छनोट प्रकृया पनि निकै चुनौतीपूर्ण साबित भएको थियो ।

करिब ४.५ करोड पुरस्कार राशीको यस छात्रवृत्तिका लागी प्राज्ञिक तथा अन्य सम्वन्धित सदस्यहरूले योग्यताका आधारमा १५७ उत्कृष्ट विद्यार्थीहरू छनोट गरेका थिए । यिनै विद्यार्थीहरूको सम्मानमा आयोजित समारोहमा उनीहरूलाई आफ्ना हर्षित परिवारजन तथा सम्पूर्ण कलेज परिवारका माझ इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले पुरस्कार प्रदान गरेका थिए ।

यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अद्भुत अवसर बन्न सफल भएको छ । यसको परिकल्पना विद्यार्थीहरूलाई सक्रिय रुपले बिभिन्न गतिबिधिहरुमा संलग्न गराउदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन दिन गरिएको हो जसले गर्दा उनीहरुको समग्र बिकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास कलेजले लिएको छ ।

Logo