अल्फाबिटाद्वारा ‘यूके युरोप एड्मिसन डे’आयोजना, परामर्श लिने विद्यार्थीको घुइँचो

अल्फाबिटाद्वारा ‘यूके युरोप एड्मिसन डे’आयोजना, परामर्श लिने विद्यार्थीको घुइँचो

केन्द्रबिन्दु
98
Shares

काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले ‘यूके युरोप एड्मिसन डे २०२४’आयोजना गरेको छ । अल्फाबिटाले शुक्रबार आफ्नै भवन अल्फाबिटा कम्प्लेक्समा ‘यूके युरोप एड्मिसन डे’ आयोजना गरेको हो ।

यूके जाने सोच बनाएका विद्यार्थीलाई परामर्श दिनका लागि यूकेका प्रतिष्ठित ३० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधि सहभागी भएका छन् । परामर्श लिने विद्यार्थीको पनि घुइँचो लागेको छ । युनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर यूके युरोपको शिक्षा नीति, भर्ना, छात्रबृत्ति तथा शुल्क, भिसा डकुमेन्टेसनलगायत आवश्यक सम्पूर्ण जानकारी लिन सक्नेछन् ।

उक्त कार्यक्रममा सहभागी भई यूके र युरोप अध्ययनका लागि जान चाहने विद्यार्थीहरुले ५० प्रतिशतसम्म छुट पाउनेछन् । साथै भाग्यशाली विजेताहरुले आईईएलटीएस र पिटिईकाे परीक्षामा शतप्रतिशत छुट पाउनुका साथै १५ हजार रुपैयाँसम्मको आकर्षक उपहारकाे व्यवस्था गरिएकाे पनि अल्फाबिटाले बताएकाे छ ।

विद्यार्थी तथा तिनका अभिभावकले आफ्ना जिज्ञासाहरू सिधै युनिभर्सिटीका प्रतिनिधिसँग राखेर उपयुक्त कलेज छान्न सक्ने भएकाले यस यूके युरोप एड्मिसन डे निकै महत्वपूर्ण हुने अल्फाबिटाका स्टडी एव्रोड हेड रुपेन्द्र गिरीले बताए । युनिभर्सिटीका प्रतिनिधिसँग जिज्ञासा राख्दा कुनै शुल्क लाग्ने छैन ।

अल्फाबिटा विगत लामाेसमयदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत छ । यसले यूके लगायत अष्ट्रेलिया, अमेरिका, क्यानडा, आयरल्याण्डलगायत देशमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ।

Logo