यो बर्ष एसइईको नतिजा ढिलो आउने

यो बर्ष एसइईको नतिजा ढिलो आउने

केन्द्रबिन्दु
0
Shares

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यो बर्ष ढिलो प्रकाशन हुने भएको छ।

अघिल्ला वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा प्रकाशन गर्ने गरिए पनि यो बर्ष भने तेस्रो साता मात्रै नतिजा प्रकाशन गर्न लागिएको हो । यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी समायोजन हुनु जस्ता विविध कारणले गर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको राष्टिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । अहिले डाटा इन्ट्रीको काम भइरहेको छ ।

यो बर्षको (एसइई) परीक्षा चैत १० बाट शुरु भएको थियो । परीक्षामा चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

Skip This
Skip This
Logo