झापा गाउँपालिकाले ६ सय ३० निम्न वर्गिय विद्यार्थीलाई छात्रवृत्ति गर्‍यो

झापा गाउँपालिकाले ६ सय ३० निम्न वर्गिय विद्यार्थीलाई छात्रवृत्ति गर्‍यो

केन्द्रबिन्दु
6
Shares

बनियानी(झापा)। जिल्लाको झापा गाउँपालिकाले यहाँका ६ सय ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ६ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले जानकारी दिए।

यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गका भएकाले पनि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको उनले बताए। गाउँपालिकाले कक्षा ११ का विद्यार्थीलाई जनही रु. नौ हजार छ सय ५० र कक्षा १२ का विद्यार्थीलाई जनही रु. ११ हजार दुई सय र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही रु. १२ हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो ।

कक्षा ११ र १२ अध्यापन हुने जनकल्याण माविका ५६, डिल्लीराज माविमा तीन सय ५२ विद्यार्थी र जनता माविका दुई सय २२ विद्यार्थीलाई गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत छुट्याइएको बजेटबाट छात्रवृत्ति प्रदान गरिएको हो । झापा गाउँपालिकाभित्र २१ वटा सामुदायिक विद्यालय, १४ वटा संस्थागत विद्यालय र १८ वटा मदरसा सञ्चालनमा छन् ।

Skip This
Skip This
Logo