पढाईसँगै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट समृद्धि स्कुल [भिडियाेसहित]

पढाईसँगै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट समृद्धि स्कुल [भिडियाेसहित]

केन्द्रबिन्दु
56
Shares

२१औं शताब्दीको लागि महत्वपूर्ण र ठोस दृष्टि लिएर स्थापित स्कूल हो, समृद्धि स्कुल । काठमाडौंको बालाजुमा अवस्थित समृद्धि स्कुल माग अनुसारको जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित छ । प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन गराउँदै आएको यस स्कुलले विद्यार्थीलाई कक्षा १ देखि नै लिडरसीप विकास, ग्रुप वर्क तथा प्रस्तुती जस्ता सिकाइका आधुनिक प्रक्रियालाई अँगाल्दै आएको छ ।

समृद्धि स्कुल शिक्षार्थीकोे सिकाइकोे सोचलाई जीवनभर कसरी अगाडि बढाउन सकिन्छ भन्ने भिजन नै बनाएर अघि बढिरहेको स्कुलका प्रिन्सिपल अमित विक्रम सिजापति बताउँछन् ।

‘हामीले शिक्षार्थीकोे सिकाइकोे सोचलाई जीवनभर कसरी अगाडि बढाउन सकिन्छ भन्ने भिजन नै बनायौं । यसै क्रममा अमेरिकन शिक्षक प्रा.डा.डेब्रा योङ, रचनावादी शिक्षक जोन स्मिथ र हामी नेपाली शिक्षकहरु भएर प्रगतिशील शिक्षा शास्त्रलाई व्यवहारमा ल्याउन थाल्यौं ।’ उनले भने, ‘हाम्रोमा परम्परागत शिक्षा प्रणालीको अभ्यासमा शिक्षार्थीको शिक्षा एकातिर कार्य अर्कोतिर भएको कारण विद्यार्थीको पढाइ भनेको पास गर्नका लागि मात्र हो भन्ने देखिएको छ । तर, हामीले प्रगतिशील शिक्षण पद्धतिको सुरुवात गर्यौं । प्रगतिशील शिक्षण सिकाइमा आफैं गरेर सिक्ने, सानो समूहमा समस्याको छलफल गर्ने, प्रस्तुती गर्ने र रचनात्मक प्रतिक्रिया दिने जस्ता सैद्धान्तिक कुराहरु समावेश हुन्छन् ।’

समृद्धि स्कुल शिक्षार्थीकोे सिकाइकोे सोचलाई जीवनभर कसरी अगाडि बढाउन सकिन्छ भन्ने भिजन नै बनाएर अघि बढिरहेको स्कुलका सिजापति बताउँछन् ।

एकीकृत पाठ्यक्रम अँगालेको समृद्धि स्कुलले अन्तर्राष्ट्रिय क्षेत्रका विद्यार्थीलाई ल्याएर अन्तर्क्रिया समेत गराउने गरेको प्रिन्सिपल सिजापतिले जानकारी दिए ।

‘अहिलेका विद्यार्थीमा आदर, करुणा, सद्भाव, दायित्वजस्ता कुरालाई बुझाउन र प्रयोगमा ल्याउन लिडर इन मि भन्ने करिकुलममा आधारित रहेर उक्त सिद्धान्तलाई कक्षा १ देखि नै अभ्यासमा ल्याएका छौं जुन अमेरिकाको करिकुलम हो । विद्यार्थीलाई परीक्षा केन्द्रित भएर करिकुलमको सुगा रटाइ गराउने भन्दा पनि समृद्धिले विद्यार्थीमा सिकाइको भोक जगाएर अध्ययन गराउँदै आएको छ । जुन जीवनको निरन्तर प्रक्रिया हो भन्ने कुरा समेत हामीले विद्यार्थीलाई बुझाउँदै आएका छौं ।’ उनले भने ।

समृद्धि स्कुलले आयोजना गर्ने गरेको लिडरसीप सप्ताह, भाषा सप्ताहलगायत विभिन्न किसिमका प्रतिस्पर्धात्मक कार्यक्रमका कारण आत्मविश्वास बढाउन सहयोगी सावत हुँदै आएकोमा विद्यार्थी पनि हर्षित छन् ।

समृद्धि स्कुलले आयोजना गर्ने गरेको लिडरसीप सप्ताह, भाषा सप्ताहलगायत विभिन्न किसिमका प्रतिस्पर्धात्मक कार्यक्रमका कारण आत्मविश्वास बढाउन सहयोगी सावत हुँदै आएकोमा विद्यार्थी पनि हर्षित छन् । यस स्कुलले मनोरञ्जनात्मक प्रक्रियाद्वारा दिने शैक्षिक पद्धति पनि उत्तिकै उत्कृष्ट छ । पढाइका अतिरिक्त फुटसल, डान्स, बास्केटबल जस्ता क्रियाकलापले क्षमता अभिवृद्धिमा सहयोग पुर्याएको स्कुलले जनाएको छ ।

Logo