१२ कक्षाको परीक्षा भोलिदेखि, झन्दै पाँच लाख विद्यार्थी सहभागी हुँदै

१२ कक्षाको परीक्षा भोलिदेखि, झन्दै पाँच लाख विद्यार्थी सहभागी हुँदै

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । भोली शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदैछ । यो वर्ष कक्षा १२ को परीक्षाका लागि ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेडवृद्धितर्फका विद्यार्थी हुन् ।

७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । गतवर्षभन्दा यसपालि १८ हजार परीक्षार्थी बढेकाले परीक्षा केन्द्र पनि अघिल्लो वर्षको तुलनामा थपिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाए ।

सबैभन्दा बढी काठमाडौंमा १ सय ४४ र सबैभन्दा कम मनाङ–मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्र तोकिएको छ । काठमाडौंमा यस पटक स्वचालित (स्यान्डम) प्रक्रियाबाट परीक्षा केन्द्र तोकिएको हो ।

Logo