काठमाडौंमा विद्यार्थी महोत्सव आजदेखि

काठमाडौंमा विद्यार्थी महोत्सव आजदेखि

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । काठमाडौंमा आजदेखि विद्यार्थी महोत्सव हुँदैछ। नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने भन्दै विद्यार्थी महोत्सवको आयोजना गरेको हो।

विद्यार्थी आन्दोलनको छवि सुधार गर्ने र नयाँ दिशा दिने उद्देश्यले महोत्सवमार्फत् बहस गर्ने प्रयास गरिएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए।

महोत्सवको पहिलो दिन मंगलबार तीन वटा सत्र हुँदैछन्। महोत्सवको दिउँसो १२ बजे नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

महोत्सवअन्तर्गत विभिन्न १९ वटा सत्रहरू हुँदैछन्। मंगलबार विद्यार्थी आन्दोलनको ६ दशक र अबको कार्यभार विषयमा माधव ढुंगेल, गुरुप्रसाद घिमिरे र लेखनाथ न्यौपानेबीच बहस हुदैछ। बिहान ९ बजेदेखि ११ बजेसम्म हुने सो सत्रमा वाइपी आचार्यले सहजीकरण गर्नेछन्।

दोश्रो सत्र बिहान ११:३० बजेदेखि १:३० बजेसम्म सञ्चालन हुनेछ। कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानले सहजीकरण गर्ने सो सत्रमा एमाले महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका नेता एनपी साउद र जनमत पार्टीका अध्यक्ष सिके राउत वक्ता छन्।

मंगलबारको तेश्रो सत्रमा कसरी सम्भव छ राजनीतिक स्थायित्व ? विषयक छलफल सत्रमा एमाले सचिव योगेश भट्टराई, कांग्रेस नेता प्रदीप पौडेल र माओवादी केन्द्रका मानुषीयमी भट्टराईले बोल्नेछन्। सो सत्रमा अनलाइनखबरका सम्पादक बसन्त बस्नेतले सहजीकरण गर्नेछन्।

Logo