आजबाट ‘काठमाडौं महानगर हिसान शैक्षिक मेला’ टुँडिखेलमा सुरु

आजबाट ‘काठमाडौं महानगर हिसान शैक्षिक मेला’ टुँडिखेलमा सुरु

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले संयुक्त रूपमा आयोजना गरेको ‘शैक्षिक मेला’ सुरु भएको छ ।

उत्कृष्ट शिक्षा नेपालमै भन्ने नाराका साथ काठमाडौंको टुँडिखेलमा आज (शुक्रबार)बाट ‘काठमाडौं महानगर हिसान शैक्षिक मेला’ सुरु भएको हो । जेठको २७ गतेसम्म चल्ने यो मेला शैक्षिक गुणस्तरलाई सुधार गर्नुका साथै विद्यार्थीहरूलाई भौतिक ज्ञान बढाउने र अभिभावक विद्यार्थीहरूमा आ-आफ्नो जिम्मेवारीको बोध गराउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको आयोजक टिमले बताएको छ ।

मेलाको उद्घाटन भने काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले गरेकी हुन् ।

एसईई र कक्षा १२ को परीक्षा नतिजा कुरेर बसेका विद्यार्थी साथै आफ्ना छाेराछोरीको लागि कलेज खोज्ने योजनामा रहेका अभिभावकका लागि यो मेला उपयुक्त हुने हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिए । मेलामा विद्यार्थी, अभिभावकलाई शैक्षिक परामर्श दिइने उनको भनाइ छ ।

मेलामा उपत्यकाभित्रका विभिन्न कलेजको सहभागिता रहेको हिसानले बताएको छ ।

मेलामा कलेजको अवस्था भर्ना, शुल्क, परीक्षा, मूल्यांकन विधि, छात्रवृत्तिलगायत विविध विषयमा कक्षा ११ र स्नातक तह (ब्याचलर) मा भर्नाको तयारीमा रहेका विद्यार्थीले बुझ्न सक्नेछन् । एउटै छानामुनि धेरै कलेजको सहभागिता रहेकाले विद्यार्थीको लागि पनि यो मेला निकै उपयोगी हुने बताइएको छ । मेलामा आउने विद्यार्थीले शैक्षिक संस्थाका शिक्षक र पढिरहेका विद्यार्थीसँग परामर्श लिन सक्ने व्यवस्था गरिएको छ ।

Skip This
Skip This
Logo