अल्फाबिटाको एक दिने शैक्षिक मेला सम्पन्न, २५ सय बढी विद्यार्थीको सहभागिता

अल्फाबिटाको एक दिने शैक्षिक मेला सम्पन्न, २५ सय बढी विद्यार्थीको सहभागिता

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरेकाे एक दिने शैक्षिक मेला सम्पन्न भएको छ । अल्फाबिटाको आफ्नै भवनमा आयोजना भएको सो मेला विभिन्न कलेजको सहभागीताका साथ भव्य रुपमा सम्पन्न भएको हो । 

एसईई दिएर अल्फाबिटामा ब्रिज कोर्ष गरिरहेका विद्यार्थीहरुको सहजताका लागि यो मेलाको आयोजना गरिएको अल्फाबिटाले जानकारी दिएको छ । अल्फाबिटाले आयोजना गरेको उक्त मेलामा २५ सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

मेलामा  किस्ट, युनिग्लोब, प्रिमियर, मेगालगायत १५ भन्दा बढी कलेजको सहभागिता रहेको थियो । यो मेला शैक्षिक गुणस्तरलाई सुधार गर्नुका साथै विद्यार्थीहरूलाई भौतिक ज्ञान बढाउने र आ-आफ्नो जिम्मेवारीको बोध गराउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको बताइएको छ । 

मेलामा शैक्षिक परामर्श लिने विद्यार्थीहरुकाे घुइँचाे थियाे । कलेजको अवस्था, भर्ना, शुल्क, परीक्षा, मूल्यांकन विधि, छात्रवृत्तिलगायत विविध विषयमा कक्षा ११ भर्नाको तयारीमा रहेका विद्यार्थीले बुझ्नको लागि उक्त मेला उपयुक्त रहेकाे अल्फाबिटाकाे दाबी छ । एउटै छानामुनि धेरै कलेजको सहभागिता रहेकाले विद्यार्थीको लागि पनि यो मेला निकै उपयोगी भएको बताइएको छ ।

Logo