केएमसी बागबजारद्वारा ‘पूर्वविद्यार्थी पुनर्मिलन’ कार्यक्रम आयोजना

केएमसी बागबजारद्वारा ‘पूर्वविद्यार्थी पुनर्मिलन’ कार्यक्रम आयोजना

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । काठमाडौं मोडेल कलेज (केएमसी) बागबजारले ‘अलुमनी रियुनियन अर्थात् पूर्वविद्यार्थी पुनर्मिलन २०८१’ कार्यक्रम आयोजना गरेको छ । शनिवार कलेजकाे प्रागंणमा आयोजित कार्यक्रममा सोही कलेजमा व्यवस्थापन र कानून संकायमा अध्ययन गरेका पूर्वविद्यार्थीहरुकाे विशेष जमघट रहेकाे थियाे ।

कार्यक्रमको सभापतित्व मिस केएमसी आस्था कलौनीले गर्दा प्रमुख अतिथिमा केएमसीका प्रिन्सिपल डा. नगेन्द्रबहादुर अर्याल, विशेष अतिथिमा एकाउन्टिङ एण्ड फाइनान्स एक्सपर्ट उमेश रिजाल, केएमसीका निर्देशक मुक्तिराम अर्याल रहेका थिए। यस्तै, अतिथिहरूमा केएमसी बागबजारका प्रमुख सुरेन्द्र सुवेदी, केएमसीका डेपुटी सिईओ रामप्रसाद न्यौपाने, एकेडेमिक को अर्डिनेटर मनोजकुमार सुवेदीलगायतकाे उपस्थित रहेकाे थियाे ।

करिब १०० जना विद्यार्थी सहभागी भएको कार्यक्रमको बारेमा जानकारी दिँदै केएमसी बागबजारका एकेडेमिक कोअर्डिनेटर मनोज सुवेदीले कलेजमा रहँदा सधैं जसो विद्यार्थीबीच भेट भइरहने र कलेजको अध्ययन सकेपछि विद्यार्थी टाढा-टाढा जाने हुँदा प्रत्यक्ष रुपमा भेट नहुने अवस्था आउने भएकोले उनीहरूलाई प्रत्यक्ष भेटघाट गराउने अवसर प्रदान गर्न यो कार्यक्रमको आयोजना गरिएको बताए ।

केएमसीले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गरिरहेको स्करण गराउँदै उनले कहिलेकाहीँ आफ्ना विद्यार्थीले जागिर नपाएको र जागिर दिने संस्थाहरूले पनि राम्रो व्यक्ति नपाएको कुरालाई मध्यनजर गर्दै यस्ता कार्यक्रम कलेजले आयोजना गर्ने गरेको पनि बताए। यो कार्यक्रममा जागिर खोजिरहेका व्यक्ति र जागिर चाहेका संस्थाहरूलाई पनि बोलाएको उनको भनाई थियो ।

प्लस टू पछि पनि केएमसीले विद्यार्थीकाे ध्यान राख्ने उल्लेख गर्दै एकेडेमिक कोअर्डिनेटर सुवेदीले विद्यार्थीहरूको अनुभव आदानप्रदान, केएमसीमा अब नयाँ के हुँदैछ, अब के गर्नुपर्छ, विद्यार्थीको सल्लाह सुझाव पनि यस कार्यक्रममार्फत आदानप्रदान हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवं केएमसीका प्रिन्सिपल डा. नगेन्द्रबहादुर अर्यालले केएमसीले प्लस टूसम्म हाल करिब २२ हजारभन्दा बढी विद्यार्थीलाई पास गराएको बताए । ठूलो परिवार भएपछि समस्या पनि आइपर्ने भएकाले ती समस्याहरू आफैं समाधान गर्न विद्यार्थीलाई समय समयमा सम्पर्कमा आउन पनि आग्रह गरे।

यस्तै, केएमसीका प्रमुख सुरेन्द्र सुवेदीले अहिले केएमसी जुन स्थानमा छ त्यो विद्यार्थीको मेहनत र परिश्रमको फल भएको बताए । उनले भने, ‘यहाँ पढेका विद्यार्थी जसको सर्टिफिकेटमा यो संस्थाको नाम छ । सबैभन्दा धेरै अधिकार र कर्तव्य यो संस्थालाई जोगाउने तीनै व्यक्तिहरूको हो।’

कार्यक्रममा सहभागी पूर्वविद्यार्थीहरुले आफ्ना अनुभवहरु सुनाउनुका साथै केएमसीलाई महत्वपूर्ण सुझावहरु दिएका थिए ।

Logo