ललितपुरको बालकुमारीमा अवस्थित काठमाडौं मोडल सेकेण्डरी स्कुलका विद्यार्थीहरुले ‘केएमसी ललितपुर फन मनिया २०८१’ आयोजना गरेका छन् । केएमसी स्टुडेन्स् क्याटालिस्ट कमिटीले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै शुक्रबार आयोजना गरेकाे उक्त एक दिने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
केएमसी स्टुडेन्स क्याटालिस्ट कमिटीकी अध्यक्ष सपना ओलीले एसईई दिएर बसेका विद्यार्थीहरूको मनोरञ्जनको लागि यो कार्यक्रमको आयोजना गरिएको बताइन् । ‘एसईईपछि विद्यार्थीलाई एक खालको खटपट हुन्छ, मनोरञ्जनको माहोल नमिलि रहेको विषयलाई मध्यनजर गरी रमाइलो सहितको शैक्षिक कार्यक्रम आयोजना गरेका हौं,’ उनले भनिन् ।

उक्त कार्यक्रम केसमसीको अगुवाइमा गत वर्ष पनि भएको थियो । एसईई दिएर बसेका विद्यार्थीहरूको लागि आयोजक टिमले निःशुल्क प्रवेशको व्यवस्था मिलाएको थियो । कार्यक्रममा मौलिक परम्परा झल्किने सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । नृत्य, गायन,बाँसुरी वादन आदिको आकर्षक प्रस्तुतिले श्रोता, दर्शकको मन जित्न सफल भयो ।
यस वर्षको कार्यक्रममा समीर श्रेष्ठ(फिट गुड बोइज ),प्रजिना फिट रेगन, सुशान्त घिमिरे (रा.रागा),अचल शाही ठकुरी जस्ता कलाकारले दर्शकश्रोताको मन जित्ने मनमोहक प्रस्तुति दिएका थिए । निसान सुस्लिङ मगर,स्वस्तिक अर्याल, साजन गुरुङ,विनर राईजस्ता नृत्य कलाकारको प्रस्तुतिले श्रोतादर्शकसमेत श्रोतादीर्घामा छमछमी नाचे ।

कार्यक्रममा स्कुलमा अध्ययनरत विद्यार्थीहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए । साङ्गीतिक धुन, गायन र नृत्यसँगै श्रोतादीर्घामा बजेको तालीको गडगडाहटले कार्यक्रममा दिन घर्केको पत्तै भएन । एसईई दिएका बसेका विद्यार्थीहरूको लागि उपयोगी भएको यो कार्यक्रम आगामी दिनमा पनि गर्दै जाने योजना राखेको छ । कार्यक्रममा केएमसीको मात्र नभई एसईई दिएका अन्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरूसहित करिब ३ हजार दर्शकको उपस्थिति थियाे ।
































प्रतिक्रिया