कास्की । पोखरा मासबारस्थित् मदरल्यान्ड माध्यमिक विद्यालयका १० विद्यार्थीले एसईईमा ४ जीपीए ल्याएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार मदरल्यान्डमा अध्ययन गरेका १० विद्यार्थीले एसईईमा ४ जीपीए ल्याएका हुन्।
४ जीपीए ल्याउनेमा आशिष बस्ताकोटी, अविस वाग्ले, अपेक्षा ढुंगाना, इक्विटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समीक्षा पहारी र युनिका ढकाल रहेको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक नारायण बरालका अनुसार १ सय ४६ विद्यार्थीले परीक्षा दिएकोमा १ सय २८ ले ३.६० देखि ४.०० जीपीए र १८ जनाले ३.२० देखि ३.६० जीपीएसहित विद्यार्थी उत्तीर्ण भएका छन्।
प्रधानाध्यापक बरालका अनुसार मदरल्यान्ड सम्भवतः एसईईमा नेपालकै सर्वोत्कृष्ट अंक ल्याउने विद्यालय हो। मदरल्यान्डले यस अगाडि २०७५ को एसईईमा पनि ७ विद्यार्थीले ४ जीपीए ल्याउँदै देशभरमै धेरै विद्यार्थीले जीपीए ल्याएको विद्यालय बनेको थियो।































प्रतिक्रिया