कालिका मानवज्ञान मावि केन्द्रबिन्दु अवार्डबाट सम्मानित

कालिका मानवज्ञान मावि केन्द्रबिन्दु अवार्डबाट सम्मानित

केन्द्रबिन्दु
2.9k
Shares

काठमाडौं । ‘दोस्रो केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट रुपन्देहीकाे श्री कालिका मानवज्ञान माध्यमिक विद्यालय सम्मानित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले मंगलबार आयोजना गरेको कार्यक्रमबाट उक्त विद्यालय सम्मानित भएको हो ।

सामुदायिक विद्यालयमा मुलुककै उत्कृष्ट रहेको कालिका मानवज्ञान मावि नेपालकै नमुना विद्यालयका रूपमा पनि लिइन्छ । विद्यालय अवलम्बन गरेको शैक्षिक विधि, राष्ट्रिय परीक्षा बोर्डबाट नजिता आदिको मूल्याङकन गर्दा अब्बल ठहरी कालिका मानवज्ञान माविलाई सम्मान गरिएको आयोजक टिमले बताएको छ ।

शिक्षा र प्रविधिमैत्री कक्षाकोठा भएको यस विद्यालयले सीपमूलक अंग्रेजी माध्यमको नैतिक शिक्षा अभिभावकले चाहेकाले र विद्यार्थीलाई आवश्यक पर्ने शिक्षा अवलम्बन गरी पठनपाठन सञ्चालन गर्दै आएको छ ।

Logo